आग्लागी पीडितलाई उद्योग बाणिज्य संघको सहयोग - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

आग्लागी पीडितलाई उद्योग बाणिज्य संघको सहयोग

साइनो समचारदाता पथरी/ असार २६ गते राती आग्लागीबाट पिडित बनेका पथरीशनिश्चरे– ८ का कैलाश गुप्तालाई उद्योगा बाणिज्य संघ पथरीले राह उपलब्ध गराएको छ । ब्यावसायी गुप्ताको ६ कोठे घरमा भएको आग्लागीले घर र पसलका सबै सामान जलेर नस्ट भएको थियो ।


बाणिज्य संघले गुप्तालाई ब्यावसायमा र्फकन ५१ नगद सहित र्फिज र कोकाकोला सहयोग गरेको छ । बाणिज्य संघको सदस्य रहेका गुप्ताको लागि इच्छुक ब्यावसायीहरुबाट सहयोग जुटाएको र उनलाई ब्यावसायमा र्फकाउने ब्यापार संघले पहल गर्ने उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले बताए ।
असार २६ गते राति अन्दाजी २ बजे लागेको सो आगो बिहान ५ बजेमात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागीमा गुप्ता परिवारको ७२ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।


गाँउमा किराना पसल गर्दै आएका गुप्ताको घरमा लागेको आगोले छ्यण भरमै लाखैंको सामान जलेर नस्ट पार्यो । आगलागीले ६ कोठे पक्की घरमा भएको किराना लगायत घर भित्रको सम्पुर्ण सामान जलेर नस्ट भएको छ ।

गुप्ताले गाँउमा चाहिनेसबै खाले सामान सहित पेट्रोल, सिलिन्डर ग्यास, चामलको गोदाम र कृषी मलको समेत ब्यावसाय गर्दै आएका थिए । रातको समयमा आग्लागी भएकाले घरमा भएको सबै सरसामान लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न जलेर नष्ट भएको थियो । आगलागीबाट ४ ओटा सिलिन्डर र २ वटा मोटर साइकल समेत जलेका नष्ट भएका छन ।

गुप्तालाई ब्यावसायमा र्फकन नगरपालिकाले राहतस्वरूप ५१ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।  त्यस्तै नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगर कमिटीले १५० सीसीको पल्सर मोटरसाइकल प्रदान गरेको छ । वडा नम्बर ८ को तर्फबाट विपद् व्यवस्थापन कोषमार्फत तत्काललाई १० हजार रुपैयाँ राहत प्रदान गरिएको थियो । लायन्स क्लब अफ अफ योङहार्ट पथरीले राहतस्वरुप ३ बोरा चामल, १ बोरा दाल, खाने तेल, चाउचाउ लगायतको सामग्री प्रदान गरेको अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए ।

सम्बन्धित खवर