१ लाख रुपयाँको गणेशमान सिंह राष्ट्रिय पुरस्कार मोरङको हरियाली वन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

१ लाख रुपयाँको गणेशमान सिंह राष्ट्रिय पुरस्कार मोरङको हरियाली वन

साइनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हारियाली सामुदायिक वन मुलुकभरका सामुदायिक वन मध्ये उत्कृष्ट भएर गणेशमान सिंह बराष्ट्रिय प्रथम पुरस्कारबाट सम्मानित भएको छ ।

वन व्यवस्थापन, गरिवी न्युनिकरण र सामाजिक विकासमा उत्कृष्ट काम गरेको भन्दै हरियाली सामुदायिक वनलाई वन तथा वातारण मन्त्रालय, वन तथा भू—संरक्षण विभागले मुलुकको उत्कृष्ट बन ठहर गर्दै ववरमहल स्थित काठमाडौ जिल्ला समन्वय समितिको हलमा पुरस्कृत गरेको हो ।

       पुरस्कारको राशी एक लाख रुपैयाँ र प्रमाणपत्र रहेको हरियाली सामुदायिक बनका अध्यक्ष काबुल बहादुर मगरले जानकारी दिएका छन् । यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का निजी वन धनी नीलबहादुर चौहानले राष्ट्रियस्तरको द्वितीय पुरस्कार प्राप्त गरेको जानकारी दिएका छन् । पुरस्कारको राशी ७५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । चौहानले २३ वर्षअघिदेखि साल जातिका बीउ रोपेर निजी वन बनाइरहेका छन् ।

त्यसैगरी गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मङ्गलबारे सवडिभिजन कार्यालय उर्लाबारी मोरङका सुवेदार टंकबहादुर विकले द्वितीय पुरस्कार प्राप्त गरेको जानकारी दिएका छन् । पुरस्कारको राशी ७५ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

यसैगरी, समग्र कामको मूल्यांकनको आधारमा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे पनि सम्मानित भएका छन् । वन तथा भू–संरक्षण विभागद्वारा आयोजित गणेशमान सिंह राष्ट्रिय वन पुरस्कार वितरण कार्यक्रममा मोरङका उक्त संस्था र वनधनीले सो पुरस्कार प्राप्त गरेका हुन् ।
राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कारबाट पुरस्कृत हुने हरियाली सामुदायिक वन उमूहका अध्यक्ष काबुल मगरले आफूले नेतृत्व गरेको वनको क्षेत्रफल २४५.९४ हेक्टर जग्गाको वन वि.सं. २०७१ पुस महिनामा हस्तान्तरण भएर लगातार वनको हेरचाह र प्रवद्र्धनमा लागिरहेको जानकारी बताउँदै पुरस्कार पाएकोमा कामको मुल्यांकन हुँदो रहेछ भन्ने प्रतिक्रिया दिएका छन् ।

सामुदायिक वनमा भएको वन संरक्षण, व्यवस्थापन, पारदर्शीता, शुसासन, लेखा परीक्षण, वन पैदावरको सदुपयोग लगायतको विषयमा परीक्षण गरेर उक्त पुरस्कार वितरण भएको अध्यक्ष मगर बताएका छन् । हरियाली वन पथरीशनिश्चरे नगरपालिकामा रहेको २, ३ र ७ नम्बर वडा स्थित एक हजार २८ घरपरिवार उपभोक्ता रहेका छन् ।

हरियाली २०५६ मा स्थापना भएर २०६३ मा विधान दर्ता, २०७१ सालमा समुदायमा हस्तान्त्रण र २०७३ मा वैज्ञानिक वन कार्ययोजना संशोधन भएको हो । वनको क्षेत्रफल २४५.९४ हेक्टर क्षेत्र रहेको छ । सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन काविस, ३५ गरिवी निवारण र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्नुपर्ने सरकारी मापदण्ड रहेको छ । देशभर २२ हजार सामुदायिक वन रहेको छ । त्यसमध्ये यो बर्ष हरियाली उत्कृष्ट छानिएका हुन् । मोरङ जिल्लामा १३५ वडा सामुदायिक वन रहेको छ । मोरङमा हाल हस्तान्तरित १३५ सामुदायिक वन छ ।

सम्बन्धित खवर