बस र पिकप ठाेकिदा २ काे मृत्यू ३० घाईते - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

बस र पिकप ठाेकिदा २ काे मृत्यू ३० घाईते

मोरङको पथरीशनिश्चरे नगरपालिकामा पिकप भेन र बस एक अापसमा ठाेक्कीदा १ जनाकाे ज्यान गएकाे छ भने ५ जना गम्भीर घाईले भएका छन ।

महेन्द्र राजमार्गकाे पथरीशनिश्चरे वडा नम्वर १ र१० काे सिमान पथरी खाेला नजिक विहिवार विहान ९ वजेकाे समयमा पुर्व तर्फजाँदै गरेकाे बस र सब्जि बाेक्ने गाडी एक अापसमा ठाेकिएकाे थियाे । पथरीबजारमा सब्जि पुर्याएर राजमार्ग निस्कदै गरेकाे पिक अप र रंगेली कानेपाेखरी सडकबाट काकरभिट्टा जाँदै गरेकाे बस दुर्घटनामा हुदा ३० जना घाईले भएका छन ।

घटना स्थलमा बस पल्ठिदा १ जनाको घट्ना स्थलमै मृत्यु भएको छ मृतको पहिचान भने खुल्न सकेको छैन ।
पथरी वजार देखि लगभग २०० मिटर पश्चिम दुरीमा रहेको पथरी खोला नजिकै भएको सो दुर्घटनामा पश्चिम वाट पुर्व आउदै गरेको को १ ख ४८४२ नम्वरको वस र पुर्व वाट पश्चिम जादै गरेको मे १ च ५३९१ नम्वरको पिकप एक आपसमा ठक्कर खादा वसमा सवार एक जनाको घट्ना स्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

हाल सम्म वसमा कति यात्री थिए भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ भने दुर्घटनामा ५ जना गम्भिर घाईतेलाई थाप उपचारका लागि विराटनगरको नोवेल अस्पताल र न्यूराे अस्पतालमा रिफर गरिएको पथरी हस्पिटलका संचालक ईश्वर साप्काेटाले बताए । सामान्य घाईलेकाे पथरीमा रहेको पथरी अस्पतालमै उपचार भईरहको छ । दुर्घटना बसकाे गति तिब्र भएका कारण हुन सक्ने प्रहरीले अनुमान गरको छ ।

सम्बन्धित खवर