नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

साइनो समचारदाता/ दोस्रो टी(२० अन्तर्रा्ष्ट्रिय खेलमा नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो ।नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५१ रन जोडे। विनोदले २५ बलमा ३ चौका र ५ छक्का हिर्काए ।

शरद भेषावकरले ४० रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे।उनले १९ बलमा समान २(२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए। उनले ११ बलमा २ चौका हिर्काए ।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए । यस्तै रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले। करण केसी १० बलमा १६ रन जोडेर आउट भए । उनले १ चौका र १ छक्का हिर्काए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए ।

यसअघि शनिबार भएको पहिलो टी(२० खेलमा नेपालले ७ विकेटको जित हात पारेको थियो । आइतबार पनि जित हात पारे नेपालले २ खेलको सिरिज क्लिन स्विप गर्नेछ।

आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी(२० सिरिज खेलेको हो ।

सम्बन्धित खवर