कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

साइनो समचारदाता कोशी ब्यारेज/ सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढुदै गएपछि कोशि ब्यारेजका सबै ९५६ वटै० ढोका खोलिएको छ । पानीको बहाव निरन्तर बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक रहेको थियो । एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारत गरी थुप्रै जनधनको क्षति भएको थियो । त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता समेत अपनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन सूचित गरेको थियो ।

त्यस्तै कोशी ब्यारेजका ढोका बन्द गर्न भारतले दबाव दिएको छ ।सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले व्यारेजको अवस्था ठीक रहेको र भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिए । तर, भारतीय पक्षले ब्यारेजको ढोका बन्द गर्न दबाव दिएको जानकारी आफूलाई नभएको उनले बताए । ‘खोई हामीलाई त कसैले केही भनेको छैन,’ उनले भने, ‘यो प्राकृतिक कुरा हो, क्षति भयो भने सबैतिर क्षति हुन्छ, यो कुरा त सबैले हेरेकै बुझेकै होलान् ।’

सम्बन्धित खवर