एन आई सी एशियाको बैंकिङ काउन्टर अमरदहमा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

एन आई सी एशियाको बैंकिङ काउन्टर अमरदहमा

साइनो समचारदाता पथरी/  एन आई सी एशिया बैंकको ४० औं शाखा रहित बैंकिङ्ग सेवा काउन्टर अमरदहमा संचालन सुरु भएको छ ।एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा शाखा बिस्तार गर्दै ४० औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । ग्रामिण भेगका जनतालाई बैंकिङ्ग सेवाको पहुचमा पुयाउने उदेश्यले एन आई सी एशिया बैंकले गाउँ–गाउँमा सेवा बिस्तार गर्दै आएको छ ।
गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. २, खुदनाबारी र रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाहमा समेत एकै साथ शाखारहित बैंकिङ्ग सेवा सोमबारदेखि संचालनमा ल्याएको छ ।

अमरदहको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री टेक बहादुर विष्ट तथा सुनवर्सी नगरपालिका वडा नं. २ का अध्यक्ष प्रताप तामाङल गर्नु भएको थियो ।
शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने वा झिक्ने, टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमा भित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने छन ।
एन आई सि बैंक प्रति जनताको विश्वास र भरोसाले गर्दा मुलुकभर २ सय ८५ शाखा कार्यालय, ३ सय एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको एन आई सि एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताएका छन ।
एन आई सि एसिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको र करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेकोले बैंकको दाबि छ ।

सम्बन्धित खवर