आरतीको १८ औं स्थापना दिवस - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

आरतीको १८ औं स्थापना दिवस

साइनो समचारदाता पथरी/ १८ औं स्थापना दिवसको अवसर पारेर आरती बहुउद्दश्यीय सहकारी सस्थाले बिभिन्न कार्यक्रमका गरेको छ । असार १६ गते देखि २२ गते सम्म संचालन भएको कार्यक्रममा ब्याग बितरण, क्यान्सर पिडितलाई राहत, बाल कार्यक्रम, वृद्धभत्ता बितरण, छात्रवृत्ती, रक्तदान, सम्मान लगायतका कार्यक्रम सम्पन गरेको छ ।
संस्थाले  १६ गते सोमबार पथरीशनिश्चरे ८ मा रहेको बुद्ध मा. वि. का १ सय २० जना बालबालीकालाई ब्याग बितरण गरेको हो । सस्थाले २० गते २ जना क्यान्सर पिडितलाई जनहि २५ हजारका दरले उपचार खर्च राहत बितरण गर्यो भने २१ गते शनिवार बाल कार्यक्रम गरि स्टेशनरी बितरण गरेको छ । २२ गते आईतबार ७० बर्ष नागेका ५ जना वृद्ध वृद्धालाई ६ हजारका दर्ले वृद्धभत्ता बितरण गरेको छ । एकल महिला तथा जेष्ट नागरीकलाई सम्मान, १२ मा उत्कृष्ट अंक ल्याउने २ जना सेयर सदस्यका छोरा छोरीलाई छात्रवृत्ती बितरण गरेको छ । संस्थाले समापनको अवसरमा रक्तदान कार्यक्रम गरि ७९ प्रिन्ट ब्लड समेत संकलन गरेको छ ।


सोहि अवसरमा सस्थाले ६० नाघेका वृद्घवृद्घालाई र संस्थामा ५ पटक रक्तदान गर्ने ब्याक्तीलाई सम्मान समेत गरेको छ ।
संस्थाले यस अघि स्थापना दिवसको अवसर पारी पथरीशनिश्चरेमा रहेका सामुदायीक स्कुल पञ्चायल मा. विमा अपाङगता भएका विध्यार्थीरुलाई शैक्षिक सामाग्री बितरण गर्दै आएको थियो ।
सहकारीको निती र नियममा रहेर समाजका हरेक पक्षमा सहयोग गर्दै आएको सहकारीले आफ्नो क्षेत्र अधिकार भित्र हरेक सबै सेयर सदस्यको दुख र सुअको सारथी रहेको अध्यक्ष यादव चन्द्र दुलालले बताए ।

सम्बन्धित खवर