जिपिए ४ ल्याउने यूनिकलाई वाल्मिकीको सम्मान - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

जिपिए ४ ल्याउने यूनिकलाई वाल्मिकीको सम्मान

मोरङ्गको पथरीमा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले २०७५ सालको एस ई ई परिक्षामा उतिण बिध्यार्थीलाई बधाई बिधाई तथा सम्मान गरेको छ । २०७५ सालको एस ई ई परिक्षामा सामेल ७५ जना बिध्यार्थी मध्ये युनिक श्रेष्टले ४ जिपिए र सजना घिमिरेले ३.९ जिपिए ल्याउन सफल भएका थिए ।
बिध्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरि गत बर्षको एसईई परिक्षामा जिपिए ४ ल्याउन सफल युनिक श्रेष्ठलाई नगद १ लाख रुपैयाँ र जिपिए ३.९ ल्याउन सफल सजना घिमिरेलाई नगद २५ हजार सहित एसईई परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई बधाई, विदाइ, शुभकामना तथा सम्मान सम्मान गरेको छ ।


७५ जना सम्मिलित बिध्यार्थी मध्ये १ जनाले ४ जि पि ए, १ जनाले ३.९ जिपिए २० जनाले जिपिए ३.६ भन्दा माथीको ल्याउदै सतप्रतिशत बिध्यार्थी सफल भएको विद्यालयका निर्देशक नवल किशोर खनालले जानकारी दिए । कार्यक्रममा वोल्दै विद्यालयका निर्देशक खनालले सफल विद्यार्थीहरुको सफलताका लागि शुभकामना व्यक्त गर्दै उज्ज्वल भविस्यको कामना गरेका छन । २०७४ सालको एसईई परिक्षामा पथरी मै स्थापित एभरेष्ट मावीका दुई विद्यार्थीले जिपिए ४ ल्याएको प्रसंग उल्लेख गर्दै वाल्मीकि समेत प्रेरित भएर ४ जिपिए ल्याएको वताउदै आगामी बर्षहरुमा नगरका अन्य विद्यालयका विद्यार्थीहरुले समेत प्रेरणा लिदै सफल बन्नु पर्ने बताएका छन ।
प्याव्सन जिल्ला कार्य समिती मोरङ्गका अध्यक्ष अर्जुन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको शिक्षा शाखाका प्रमुख शालिकराम काफ्ले, नगर प्रबक्ता याम प्रसाद गुराँगाई लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले निजि विद्यालयहरुको नतिजा उत्कृष्ट हुँदै जानुले अभिभावकहरुको आकर्षण बढ्दो रहेको बताएका छन ।
शिक्षक (अभिभावक संगठनका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पुर्ण एसईई उतिर्ण विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ। कार्यक्रममा अभिभावकहरुको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राख्ने क्रममा रोहिणी घिमिरेले एसईई उतिर्ण विद्यार्थीहरुले विभिन्न विकसित मुलुक गएर स्थापित हुने सपना नदेखी देशको लागि आवश्यक जनशक्ति बनी देशको सेवा गर्न तत्पर रहन प्रेरित गरेका छन ।

सम्बन्धित खवर