गजल - Sainokhabar
  • शुक्रबार, साउन ०८, २०७८

गजल

सेविका अधिकारी

यि आँसुले तिमीलाई, पोल्छ याद राख्नु

पिडामा जीवन तिम्रो, घोल्छ याद राख्नु

लुकाउन खोज्छौ पीडा, त्यो बेला ग्लानीले
लुकाउदा लुकाउदै हृदयले,खोल्छ याद राख्नु

मुस्काउछौ कसरी, बिच्छिप्त त्यो मुटु बोकेर
नचाहदै ती नयन तिम्रो, बोल्छ याद राख्नु

आज मलाई जिउदैमा, पल पल मारेर गयौ
एकदिन त मेरो मायाले, पिरोल्छ याद राख्नु

सम्बन्धित खवर