‘वार्तामार्फत् विप्लपलाई ल्याउनुपर्छ’–निधि - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

‘वार्तामार्फत् विप्लपलाई ल्याउनुपर्छ’–निधि

साइनो समचारदाता

चितवन । प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामार्फत् मूलधारमा ल्याउनुपर्ने बताएका छन् । चितवनमा विहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत् समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए र अहिले राजनीतिक रूपमा खुला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे।निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको बताए । उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरू बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन ।’

फरक प्रसंगमा उनले नेवि संघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुंगो लाग्ने बताए।

सम्बन्धित खवर