विद्यासिर्जनात्मकले विविध कार्यक्रम - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

विद्यासिर्जनात्मकले विविध कार्यक्रम

साइनो समचारदाता

चुलाचुली(चुलाचुली) । माङ्सेबुङ गाउँपालिका वडा नं. ४ मार्चेबुङ् स्थित विद्यासिर्जनात्मक माध्यमिक विधालयले आयोजना गरिएको १ दिने अन्तर विधालयस्तरीय नृत्य तथा हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरिएको छ ।

विधार्थी उत्प्रेणा तथा कला र संस्कृतिकको विकास गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा विधार्थीको तर्फबाट कविता बाचन, हाजिर जवाफ, नृत्य प्रतियोगिता र अभिभावक तर्फबाट म्युजिकल चियर, हाडी फुटाउने प्रतियोगिता रहेको थियो । प्रतियोगितामा बिध्यासिर्जनात्मक माध्यमिक मार्चेबुङ्, सरस्वती आधारभुत विधालय सिमलटार, जनज्योति आधारभुत विधालय झिल्केका विधालयहरू सहभागी भएको थिए ।

प्रतियोगितामा कक्षा १ देखि ५ कक्षा सम्म र कक्षा ६ देखि १० कक्षा सम्मका विधार्थीहरूले सामूहिक र एकल नृत्य प्रस्तुत गरेका थिए । नृत्य तर्फ सामूहिक कविता वाचनमा प्रथम दुर्गा माया लिम्बू सरस्वती आ.वि, दोस्रो पवित्र राई विद्यासिर्जनात्मक मा.वि., तेस्रो सुजन मगर सरस्वती आवि भएको थियो । हाजिरी जवाफमा प्रथम सरसवती आ.वि, दोस्रो विध्यासिर्जनात्मक मावि, तेस्रो जनज्योति आ.वि रहेको थियो । माङ्सेबुङ गा.पा.वडा नं.४ ले विद्यासिर्जनात्मक मावि १(५का विद्यार्थीहरुलाई झोला वितरण समेत गरेको थियोे ।

उक्त वडाको वडा अध्यक्ष अमृत बहादुर राईको प्रमुख अतिथित्व रहेको कार्यक्रममा वडाका जनप्रतिनिधि सदस्य सन्त कुमार विक, सामुदायिक स्वास्थ इकाईका प्रमुख दिलकुमारी योङहाङ, शिक्षक, अभिभावकहरूको उपस्थिति रहेको थियो । विधालय व्यवस्थापक समितिका अध्यक्ष गजेन्द्र राईको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर