‘पायल’ आउँदै - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

‘पायल’ आउँदै

साइनो समचारदाता

काठमाडौं । नेपाली कथानक चलचित्र ’पायल’को मंगलबार छायांकन सकिएको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको चलचित्र फाल्गुनन्द फिल्मस प्रा.लि.को ब्यानरमा कविता राई लिङ्देनले निर्माण गरेका हुन ।

करिव ३० लाख लगानीमा सकिएको चलचित्र दिनेश लिङ्देनको लेखन÷निर्देशन रहेको छ भने मुख्य सहायक निर्देशकराजु घिमिरे, नृत्य निर्देशकदिनेश माङ्मु, द्वन्द निर्देशक कुमार महर्जन, क्यामरामेन ज्ञानु राई,संगीत बिकास चौधरी÷टिका भणडारी,स्वर बिरेन्द्र श्रेष्ठ÷बिन्दा परियार रहेका छन । रिया श्रेष्ठ,उदय सुब्बा, राजकुमार लिङ्देन, सागर केरुङ, कुइसाङ रुम्बा,बबिता नेयोङ, नरेन्द्र सेन्दाङ, भीम थेबे, यासेली योङ्हाङ, प्रेम आले, महेन्द्रकुमार राई, नविन याम्फू, उमेसकुमार मगरलगायतले अभिनय गरेका छन । थ्रेल चलचित्र पायल आगामी तिहारपछि प्रदर्शन हुने निर्देशक लिङ्देनले बताएका छन ।

सम्बन्धित खवर