सेटिङमा कर्मचारी नियुक्ती गर्न खोजेको भन्दै परीक्षा स्थगित - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

सेटिङमा कर्मचारी नियुक्ती गर्न खोजेको भन्दै परीक्षा स्थगित

पार्टीको् भर्ती केन्द्र

साइनो समचारदाता

पथरी । पथरीशनिश्चरेले स्वास्थ कर्मचारी र कार्यलय सहयोगीको लागि खुलाएको परिक्षा स्थगित भएको छ । नगरपालिकाले असार १५ गते अन्तरवार्ता गर्ने भन्दै असार ११ गते सुचना प्रकाशन गरेको बताएको छ ।

तर फर्म भर्ने कुनै पनि प्रशिक्षर्थी सुचना नगरेको र परिक्षा हुनु भन्दा आघा घण्टा अगाडी फोन मार्फत जानकारी गरेको सहभागि बताउछन । उपस्थीत प्रशिक्ष्यार्थीले आफुहरु वडा नं. १० का वडाध्यक्ष सागर राईले फेसबुककमा कुन सेटिङ द्धारा कर्मचारी नियुक्ती गर्न लागियो भन्दै स्टाटर्स हाले पछि थाहाँ भएको बताए ।


वडाध्यक्ष राईले “पथरी सनिशचरै न. पा ले सुल्क ५०० फारम को लिने तर अन्तरवार्ता १५ गते छ भनेर १ कल चै गर्नु न सक्ने??
यो भ्रष्टचार हो यो सेटिङ हो” भन्दै फेसबुकमा स्टटर्स राखेका थिए । नगरले जेष्ठ २८ गते हे. अ., अ. हे. व., स्टाफ नर्स,अनमी र कार्यलय सहयोगिको आवस्यक्ता रहेको सुचना प्रकासन गरेको थियो । तर नगरपालिकाले फर्म भरे पछि कुनै सुचना नगरि असार १५ गते आइतबार बिहान फोन गरि ८ बजे परिक्षा छ भन्दै जानकारी गराएको थियो ।

नगरमा नगरको सुचना सुसुचित गर्न सुचना अधिकारी पनि नियुक्ती गरेको छ तर नगरबासीले अहिले सम्म नगरको सुचना नगरको ओएभ साईटमा पाउने गरेका छैन्न । सहभागि प्रशिक्ष्यार्थी र वडाध्यक्षले सुनियोजित तरिकाले कर्मचारी नियुक्ती गरेको भन्दै परिक्षा अवरुद्ध गरेका हुन । यो भन्दा अघि पनि नगरपालिकाले बिभिन्न फाटमा कर्मचारी नियुक्त गरेको र त्यसमा आफ्नै परिवर भित्रका सदस्य नियुक्ती गरेको आरोप छ । नगरपालिकामा उपमेयर यमुना बिष्ट बास्तोलाकी दिदीका छोरा अरुण क्षेत्री, २ का वडाध्यक्ष याम गुरगाईका भाई लक्ष्मि गुरागाई, ७ का वडाध्यक्ष कपिलमणी ढकालकी बुहारी इन्दिरा ढकाल, ४ का वडाध्यक्ष गोबिन्द भण्डारीकी भान्जी सारदा कटुवाल, ७ का वडा सदस्य बिर्ख बहादुर मगरकी श्रीमती सम्झना राई सम्मले जागिर खान भ्याईसकेका छन भने कतिले आफ्नै परिवारका सदस्य र साथी भाईको परिवारलाई स्वयम सेवक भन्दै भत्ता खुवाउने गरेका छन ।

नगरपालिकाले ४ जना स्वास्थका कर्मचारी राखेको १ बर्ष भै सकेको छ तर उहिरुलाई निशुल्क काम लगाई रहेको छ । नगरले अहिले नजिकका ब्याक्तीलाई सोयम सेवक राख्ने अनि पछि मिलाएर नियुक्त गर्न लागेको स्थानियको आरोप छ । स्वास्थ परिक्षणका लागि ल्याबमा राखेका ४ जनाले स्वयम सेवकले ल्यावमा प्रयोग हुने केमिकल किन्नु पर्छ भने सेवा बापत लिएको रकमको ३० प्रतिशत रकमा नगरलाई बुझाउनु पर्छ । नगरले रोजगार दिनु पर्नेमा उल्टै स्वयम सेवक राखि रकम समेत लिने गरेको छ ।

जनप्रतिनीधी आए पछि पथरीशनिश्चरेको अवस्था हेर्ने हो भने कर्मचारी तन्त्र भन्दा मनपरि देखिएको छ । वडा नं. १ ले त आफ्नै घरमा वडा कार्यलय राखेको छ । जहाँ न अपाङ्गता मैत्रि छ न पार्कीङ छ । कार्यलयमा सेवा ग्राहीका लागी सौचालय पनि सुबिधा जनक छैन तर यति हुदा हुदै पनि नगरपालिका आखाँ चिम्लीएर बसेको छ । जस्ले गर्दा नगरपालिकालाई पाटिको भर्ति केन्द्र जस्ते भएको नगर बासिले गुनासो गर्ने गरेका छन ।

सम्बन्धित खवर