पथरीशनिश्चरे नगर वजेटको चौतर्फी बिरोध, जनमुखी नभएर जनप्रतिनिधि मुखि भयो - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

पथरीशनिश्चरे नगर वजेटको चौतर्फी बिरोध, जनमुखी नभएर जनप्रतिनिधि मुखि भयो

शिर्षक मात्र भर्नका लागि ल्याएको वजेटले आफ्ना पार्टीका कार्याकर्ता लाई पोस्ने काम मात्र भएको देखिएको छ ।

साइनो समचारदाता पथरी/पथरीशनिश्चरे नगरले सर्वपक्षीय र सरोकारवाला बिच छलफलै नगरी बजेट ल्याएको भन्दै आलोचना सुरु भएको छ । सरकारको अनुदान पचाउने नियतले असार १० मै निती तथा बजेट पस्तुत भएको छ ।

उक्त पथरीशनिश्चरे नगरपालिकाकमो आर्थिक वर्ष २०७६/७७ कोे वजेट जनमुखी वजेट नभएको सरोकारवाला र राजनितिकर्मीको भनाई रहेको छ ।नगरपालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १७ करोड १२ लाख संघीय सरकारबाट सशर्त अनुदान १७ करोड ८१ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत ११ करोड ३२ लाख, प्रदेश सरकारबाट सवारी साधन करमार्फतको राजस्व बाँडफाँडमा १ करोड ५१ लाख ८१ हजार, प्रदेश सरकारबाट समानिकरण अनुदान ७८ लाख ५३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ७८ लाख ५३ हजार, राजस्व बाँडफाँडमा मालपोतबाट २ करोड, आन्तरिक आयस्रोत वापत ४ करोड ९७ लाख ३० हजार (अनुमानित), सामाजिक सुरक्षा अनुदान १९ करोड गरी कुल रु.७२ करोड ५२ लाख ६४ हजारको वजेट गोप्य रुपमा सार्वजनिक गरेको हो । गत वर्ष कुल ६० करोड २९ लाख २७ हजारको आय अनुमान गरिएको र वडामा ८५ लाखको बजेट सिलिङ गरेको नगरले यस वर्ष प्रत्येक वडाका लागि १ करोडको बजेट सिलिङ प्रदान गरिएको छ । गत वर्ष भन्दा झन्डै ११ करोड वढी आय अनुमान गरिएको वजेटले सवै क्षेत्रलाई समेटन नसकेको स्थानिय सरोकारवालाको भनाई रहेको छ ।
नगरपालिकाले विनियोजन गरेको आर्थिक वर्षको वजेट विभिन्न शिर्षकमा कनिका छरेजस्तो छरिएको पथरी उद्योग वाणीज्य सघका अध्यक्ष दिपक वस्नेत वताउछन् ।
बाणिज्य संधको तर्फबाट आफु राजस्व परामर्स समितीको सदस्य रहेको तर नगरले सार्वजनिक गरेको बजेट बारे कुनै जानकारी नभएको भन्दै चिन्ता ब्याक्त गरेका छन । नगरको आर्थिक मेरुदण्डको रुपमा रहेको व्यापारीक क्षेत्रमा सामान्य वजेट विनियोज भएको सुनिएको छ, छलफल बिनै ल्याएको वजेट आफुखुसि भएकाले पछि अप्ठ्यारो बस्नेतको भनाई छ ।”
नगरले बिकास निमार्ण भन्दै बजेट प्रस्तुत गरेको तर नगरका मुख्य समस्या रहेको शिक्षा, स्वास्थ र रोजगारमा ध्यान नदिएको स्थानिय बताउछन ।
अन्य क्षेत्रको बजेट हेर्ने हो भने कनिका छरे जस्तै देखिएको छ । बिकास निमार्णमा जनप्रतिनिधीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागि हुन पाउने भएकाले अन्य क्षेत्र भन्दा बिकास निमार्णको पक्षमा बजेट लगेको देखिन्छ ।
नगर भित्र रहेका २८ ओटा सामुदायीक बिध्यालयको अवस्था हेदा काहालि लाग्दो छ । तर नगरले दिएको अनुदान हेदा अबको ५ बर्षमा पनि शिक्षाको गुणस्तर नसुध्रिने शिक्षक संघका अध्यक्ष अजुन कुमार बुढाथोकीले बताए । बुढाथोकीले भने नगर भित्रका बिध्यालयको साधारण सुधार ल्याउन २ करोडको माग गरेको तर १ करोड १९ लाख ७५ हजार ५ सय छ यस्ले के के मा सुधार गर्नु ।
नगरपालिकाले विभिन्न ४० वटा शिर्षकमा वजेट विनियोजन गरेको छ । त्यस मध्ये स्वास्थ्यमा १ करोड ७५ लाख २० हजार छुटाएकाले जस्ले बढ्दो रोगिको संख्यालाई न्यूनिकरण गर्न समेत हम्मे हम्मे पर्ने नगर स्वास्थ्य संयोजक मुरारी आर्चाय वताउछन् ।
त्यस्तै नगरको लगभग ८० प्रतिशत जनसङख्या कृषि पेशामा आवद्ध छन । कृषिमा पर्याप्त संभावना देखिएको नगरमा ५१ लाख ६० हजार रुपैया विनियोजन गरेको छ । कृष्कको अवस्था हेर्ने हो भने प्रबिधी, तालिम र साधन नभएर खेत बाझो रहेको कृष्क गुनासो गर्छन ।

यसरी नगरपालिकाले स्थानिय सरोकारवाला पक्षसग कुनै राय परामर्श नगरी ल्याएको वजेटको यति वेला चौतर्फी विरोध हुन थालेको छ । शिर्षक मात्र समायोजन गरि ल्याएको वजेटले नगरको विकाश हुन नसक्ने पुर्व गाविस अध्यक्ष तिलक बान्तावाले बताए ।
बान्तावा भन्छन “१५/२० बर्ष अगाडी हामीले सरोकार वाला र सर्वपक्षिय राजनैतिककर्मीको छलफलबाट २/४ लाखको बजेट निर्धरण गरिन्थो ।

नगरपालिकाले नगरको समृद्धिका लागि ल्याएको वजेट जनमुखी भन्दा पनि जनप्रतिनिधि मुखि भएको पथरी उद्योग वाणीज्य सघका वरिष्ठ उपाध्यक्ष विजय डागी वताउछन् ।

“ वजेट निर्माण र सार्वजनिकिरणमा स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु, सरोकारवाला पक्ष सवैलाई वन्देज लगाएर ल्याएको वजेट भित्र अपादर्शी चलखेल भएको सहज अनुमान लगाउन सकिने” नेकपाका राजनैतिक अगुवा युवराज वास्कोटा बताउछन । वास्कोटा भन्छन् “जनताको सुचनाको हक, जस्लाई पत्रकार मित्रले जनता संम्म पुर्याउने अधिकार समेत खोसिएको छ यसरी हेर्ने हो भने वास्तवमा वजेट यथार्थवादी नभएको देखिएको बताए ।
वजेट यर्थाथवादी हुनु नै राम्रो मानिन्छ । शिर्षक मात्र भर्नका लागि ल्याएको वजेटले आफ्ना पार्टीका कार्याकर्ता लाई पोस्ने काम मात्र भएको देखिएको छ । यसले क्षणिक लोक प्रियाता त प्राप्त गर्ला तर दिर्घकालिन रुपमा राम्रो परिणाम र सन्देश नजाने देखिन्छ ।
नगरको गैरवको रुपमा रहेको सहकारी र कराडौको कारोवार गर्ने सहकारी छन करको दायरामा ल्याउने नगरले सहकारी सिर्षक नछोएको सहकारी बिदको भनाई छ ।
नगरको बजेटको बिषयमा केहि थाहा नभको मनकामना सहकारी संस्थाका अध्यक्ष युवराज भट्टराईले बताउनु भयो । यत्रो अर्बैको कारोवार गर्ने नगरका सहकारी संग समन्वयन नगर्दा नगरको बिकास कता जादैछ भन्ने सबैले बुझनु पर्ने भट्टराईको आसय छ ।
यता नगर भित्र रहेका ६० भन्दा बढि सहकारी र त्यसमा रहेका कर्मचारीहरुका लागि कुनै पनि तालिम गोष्ठी नल्याएको कर्मचारी संगठनका अध्यक्ष गणेश कुमार राईले बताउनु भयो । राईले “१ अर्ब भन्दा बढि कारोबार गर्ने राज्यको एक खम्बाको रुपमा रहेको सहकारीलाई नगरले बेवस्था गरेको प्रति गुनासो गनुभयो” ।
नगरपालिकाले आफ्नो निति तथा कार्यक्रम साथै वजेट सार्वजनिकिकरणमा स्थानिय सञ्चार माध्यम र सरोकार वाला पक्षलाई समेत वन्देज लगाएको थियो ।

सम्बन्धित खवर