मैत्रि पुर्ण फुटसल प्रतियोगितामा वल्ड लिङ्क विजयी - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

मैत्रि पुर्ण फुटसल प्रतियोगितामा वल्ड लिङ्क विजयी

साइनो समचारदाता पथरी / पथरी जेसिजको आयोजनामा मैत्रि पुर्ण फुटसल प्रतियोगिता सम्मन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको दोस्रो दिन इन्टर्नेट सेवा प्रदायक संस्था वर्ल्ड लिङ्क र पथरी जेसिज बिच मैत्रिपुर्ण फुट्सल प्रतियोगिता भएको हो । प्रतियोगितामा वल्ड लिङ्क दमक शाखाले पथरी जेसिजलाई १० गोल गर्न सफल भएको छ ।


उर्लाबारीको फुट्सल खेल मैदानमा भएको मैत्रिपूर्ण फुट्सल प्रतियोगितामा विजेता वल्ड लिङ्क अध्यक्ष जेसी बहादुर दियाली र प्रमुख अतिथी पूर्व अध्यक्ष जेसी जीवन कटुवाले मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।
जेसिज सप्ताह कार्यक्रम अन्तरगत भष्ट्रचार बिरुद्ध सचेतना कार्यक्रम, लागु औषधी दुर्व्यसन बिरुद्द सचेतना कार्यक्रम, खेलकुद र सामाजिक कार्य गर्दै समापन हुने पथरी जेसिजका अध्यक्ष मान दियालिले बताए ।
जेसिज संगै सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढेको वल्ड लिङ्कले समाजको बिश्वाश जित्दै सामाजिक कार्यमा सहभागी हुन पाएकोमा ओल्ड लिङ्क शाखाका प्रमुख राजन तिम्सीनाले धन्यबाद ब्याक्त गर्नु भयो । समाज समुन्नत बनाउने कार्यमा सबै क्षेत्रबाट सहयोग मिले आउदा दिनमा अझ सहकार्य अघि बढाउने तिम्सीनाले बताए ।

सम्बन्धित खवर