आज थाइलेण्डमा इन्डिजिनियस मल्टी ल्याङ्वेज डाटाबेस कार्यक्रम - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

आज थाइलेण्डमा इन्डिजिनियस मल्टी ल्याङ्वेज डाटाबेस कार्यक्रम

साइनो समचारदाता

पथरी । द हाइल्याण्ड आर्ट र सजिलो न्युजडटकमले आज सेकेन्ड ग्लोबल च्याम्पियन अफ द इन्डिजिनियस मल्टी ल्याङ्वेज डाटाबेस इन थाइलेण्ड कार्यक्रम गर्दैछ ।

काठमाडौंबाट सुरु भएको क्याम्पियन थाइल्याण्डको बैंकक हुँदै विश्वका विभिन्न मुलुकमा हुने बताइएको छ । कार्यक्रम थाईलेण्डको बंैककस्थित एजेन्सन युनिभर्सिटीमा दिउसो दुई बजे हुन लागेको हो । आयोजकले बैंककका विभिन्न निकाय, संघसंस्था र कुटनीतिक नियोगको समन्यवमा कार्यक्रम गर्नेछन् । गैरआवासीय नेपाल संघ (एनआरएन), नेपाली दूतावास, युनिसेफ र विभिन्न संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता रहने जनाइएको छ ।नेपाललगायत विश्वका आदिवासीको भाषा, संस्कृति र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यसहित विश्व क्याम्पियन कार्यक्रम हुन लागेको हो । भाषा तथा संस्कृतिबारे क्याम्पियन टोलीमा प्रोजेक्ट मेनेजर अर्पण बम ठकुरी, सजिलोन्यजका अध्यक्ष गुमानसिं लिम्बू, कार्यक्रम को–अडिनेटर आस्था लिम्बू मेन्याङ्बोलगायत १० जना रहेका छन् ।

सम्बन्धित खवर