निजी विद्यालयमा लिम्बु, मगर र राई भाषामा अध्यापन सुरु - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

निजी विद्यालयमा लिम्बु, मगर र राई भाषामा अध्यापन सुरु

साइनो समचारदाता

लेटाङ । नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउन्डेसन विद्यालय लेटाङ नगरपालिका ८ जाँते (मोरङ) ले नयाँ शैक्षिक सत्र २०७६।०७७ देखि लिम्बु, मगर र राई भाषामा अध्यापन गराउने भएको छ ।

शुक्रवार विद्यालयले स्थानीय मातृभाषा शुभराम्भ कार्यक्रम २०७६ गरी मातृभाषा पठन पाठन थालिएको बताएको हो । कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले लेटाङ सवै जातजातिको संगम स्थल रहेको बताएका छन् । उनले भाषा संरक्षणमा यस कदमले नोबेलले निक्कै ठुलो टेवा पु¥याएको जनाएका छन् । कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी ईन्द्र मावोहाङले देश मै नोवेलले नमुना कार्य गरेको भन्द्र प्रशंसा गरे । मगर तथा लिम्बु भाषा भनेको नेपालको मौलिक सम्पत्तिहरु भएकाले यसलाई जगेर्ना गर्न विद्यालय लागेकोमा समाजलाई सकारात्मक सन्देश दिएको उनको भनाई थियो । विद्यालयको ऐतिहासिक कार्यप्रति चर्चा गर्दै लिम्बु भाषा बिज्ञ राजभक्त चेम्जोङले निजी क्षेत्रमा मोरङ मै पहिलो भएको जानकारी दिए । मगर भाषा बिज्ञ मनिस मगरले नोबेलको कदम मगर भाषा उत्थानका लागी निजी क्षेत्रमा नेपालमै पहिलो पहल रहेको बताए । भाषा तथा संस्कृतिको जगेर्ना गर्नु विद्यालयको कर्तव्य भएकाले मगर, लिम्बु र राई भाषा समेतको पठनपाठन सुरु गरिएको विद्यालयका संस्थापक तथा प्रिन्सिपल भोलानाथ पाण्डेले अवगत गराए ।

कार्यक्रममा लेटाङ नगरपालिकाका ८ का वडा सदस्य नविन लिम्बु, जाँते माविका शिक्षक तथा लिम्बु समुदायका अगुवा राजभक्त लिम्बु, मगर भाषाका शिक्षक मनिष सुर्यमगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष निरज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर