आँखा शिविरबाट २ सय ७५ लाभान्वित - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

आँखा शिविरबाट २ सय ७५ लाभान्वित

साइनो समचारदाता

चुलाचुली (इलाम) । जिल्लाको चुलाचुली प्रवासी सेवा समाजले शनिबार १ दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । चुलाचुली गाउँपालिका ४ नं. वडा स्थित बालज्योति माध्यमिक विधालयमा संचालन गरिएको निःशुल्क आँखा स्वास्थ शिविरमा २ सय ७५ जनाले मोति विन्दु सम्बन्धि चेक जाँचको सेवा लिएको कोषाध्यक्ष इन्द्रकुमारी राईले वताएकी छिन्। । शिविर पाथिभरा चश्मा घर दमकको प्राविधिक सहयोग भएको हो ।

‘माटोले माग्दैन दिन जान्नु पर्दछ, दिन सक्नु पर्दछ’ नारा रहेको संस्थाको परिचयात्मक तथा उद्देश्य माथि प्रष्टपारिएको कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले व्यानर पढेर उदघाटन गरेका थिए । कार्यक्रममा ४ नं. वडा का अध्यक्ष कालिदास भट्टराई, समाजसेवी राजेन्द्र केरूङ, शरणहाङ जवेगु, हेमकुमार लिम्बू, सरिता लिम्बू लगायतको उपस्थिति रहेको थियो । संस्थाको सल्लाहकार सुवास राईको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो भने संस्थाका सचिव सुदेश राईले कार्यक्रम संचालन गरेकोे थियो।

सम्बन्धित खवर