गजल - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

गजल

ओमप्रकाश शर्मा “अभिन्न”

मेरो जिन्दगीको किताबमा, तिम्रै कहानी हुनेछ
चिरेर हेर यो मुटुभित्र, तिम्रै निशानी हुनेछ ।

दुनियाँले खोज्लान जब, सबै अमुल्य वस्तुहरु
हिरा-मोती भन्दा माथि, तिम्रै जवानी हुनेछ ।

प्रेम आत्मसित गर्नु सानू , जो संधै अमर होला
यौवन त क्षणमै भोलि , जलेर खरानी हुनेछ ।

आज बास दिंदैनौ , मुटुमा मेरा यादहरुलाई
म अस्ताएको दिन तिम्रो, आखाँमा पानी हुनेछ ।

नशालु यो आँखा अनि, गुलाबी ओठले मात्तिएर
सबको प्यारो “अभिन्न” , कुनैदिन अज्ञानी हुनेछ।

 

सम्बन्धित खवर