छलफल विना ल्याइयो, नगर बजेट - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

छलफल विना ल्याइयो, नगर बजेट

फिपराज बेघा

पथरी । स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले मंगलबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गरिन् । पाँचौं नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट जनप्रतिनिधिहरुले सरोकारवालहरुसँग ‘वाल मतलब’ दिएर ल्याएपछि त्यसको आलोचना गरेका छन् ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक वस्नेत नगरले सार्वजनिक गरेको बजेट बारे अनविज्ञ छन् । संघमा १७ सय व्यवसायी आबद्ध छन् । ४ सय ३३ व्यवसायीले नवीकरण गरेका छन् । व्यवसायीहरुले नगरको विकास तथा समृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । अध्यक्ष बस्नेतले नगरको वजेटमा वाणिज्य संघलाई सहभागी नगराई एकतर्फी रुपले वजेट विनियोजन गरेको बताए । संघ नगरपालिकाको राजस्व परामर्श समितिको सदस्य रहने व्यवस्था भएपनि हाल बजेट निर्माणमा सहभागी नगराएको अध्यक्ष बस्नेतको भनाई छ ।

यस नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यालय–१, सशस्त्र प्रहरी बेस क्याम्प –२, र प्रहरी चौकी–१ वटा , इलाका ट्राफिक प्रहरी कार्यालय–१, इलाका बन कार्यालय–१, इलाका हुलाक कार्यालय–१ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । नगरपालिका क्षेत्रमा २८ ओटा सामुदायिक विद्यालय छ । क्याम्पस तथा गैर सरकारी क्षेत्रमा खुलेका माध्यामिक तथा आधारभूत विद्यालयहरु रहेका् छ । शैक्षिक सस्थाको अवस्थालाई समेत ख्याल गरेर बजेट ल्याउनुपर्ने शिक्षा क्षेत्रका सरोकारवालाहरुले माग गर्दै आएका छन् । पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार वुढाथोकीले शिक्षा क्षेत्रसँग परामर्श नगरी बजेट ल्याएकाले विनियोजित रकमले नगरको शैक्षिक स्तर उस्कन नसक्ने ठोकुवा गरेका छन् ।

अक्षांश–दक्षिणमा २६.३६ र उत्तरमा २७.३९ रहेको नगरको देशान्तर–पश्चिममा ८७.३३ पू्र्बमा ८७.९६ छ । पू्र्बमा उर्लाबारी नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिण सुनवर्षी नगरपालिका छ । नगर क्षेत्रमा दलित(सिल्पी) समुदायको जनघनत्व छ । संविधानले दलितलाई बिशेष अधिकार दिदै आएको पनि छ । नगर क्षेत्रमा दलित महिला उत्थान समाज, विश्वकर्मा एकता समाज, दलित सेवा संघलगायत संघसंस्थाहरु क्रियाशिल पनि छ । स्थानीय सरकारले दलित समुदायको आत्मनिर्भर, शसक्तिकरणका लागि बजेटमा के के योजना समेट्नु पर्ने भन्ने विषयमा कुनै छलफल नै गर्न नचाएको÷नगरेको समाजका सचिब राज तिर्वाले बताएका  छन् ।

७९.८१ बर्ग कि.मि.नगरको क्षेत्रफल छ । मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गा.वि.स.लाई मिलाएर बि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरी शनिश्चरे नगरपालिका स्थापना भएको हो । यस नगरपालिकामा करिब ८० हजार जनसंख्या बसोबास गरेको पाइन्छ । जनसंख्या मध्ये आदिबासी जनजातिहरुको बाहुल्यता आधा भन्दा बढी छ । आदिबासी भित्र पर्ने धिमाल नगरको पहिलो नागरिक पनि हो । आदिबासी जनजातिहरुको प्रतिनिधिमूलक संगठन नेपाल आदिबासी जनजाति महासंघ हो । महासंघको नगरस्तरीय समन्वय परिषद् र दशै वडामा वडा समन्वय परिषद् पनि रहि आएको छ । महासंघका नगर सचिब देबेन्द्र वनेमले लक्षित समुदायसँग नगरपालिकाले छलफल गरेर बजेट ल्याउनुपर्ने आवश्यक रहेको सुझाउछन् । उनले भने, ‘नगर बजेट ल्याउनु अघि आदिबासी जनजाति, अपाङ्गता, जेष्ठ नागरिक, महिला, दलित, बालबालिकाहरुसँग योजनाबारे पालिकाले छलफल गर्नुपर्छ ।’ महासंघले छलफल गरेर मात्र बजेट ल्याउनुपर्ने यस अघिको आर्थिक वर्षहरुमा बताए पनि नगरपालिकाले नटेरेको सचिब वनेमको भनाई छ ।

यो नगरपालिका पुर्ब–पश्चिम लोकमार्गको करिब ४ (चार) कि.मि. मा फैलिएको छ । पूर्बमा सु्नझोडा खोला र बक्राहा खोला तथा पश्चिममा डाँस मोरङ्गी खोलाले छुट्याएको छ । यस नगरपालिकाका बासिन्दाको मु्ख्य पेशा कृषि हो । ८० प्रतिशत जनसङख्या कृषि पेशामा आवद्ध रहेको छ नगरमा ८६ वटा सहकारी रहेको छ । नगरको आर्थिक स्रोत सहकारी पनि हो । मनकामना वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष युवराज भट्टराईले बजेट बारे कुनै पत्तो नभएको र सहकारीलाई वेवास्था गरेको आरोप लगाए ।

तात्कालिन पथरी गाविसका अध्यक्ष तथा नागरिक अगुवा तिलक बान्तवाले गाविसको वजेट फाडफाडमा स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर ल्याएको स्मरण गरेका छन् । उनले भने, ‘गाविस अध्यक्ष हुदा स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर मात्र बजेट सार्वजनिक गथ्यौं ।’ अहिले नगरपालिकाले बजेट ल्याएको सुनेको बताउँदै उनले सरोकारवालाहरुसँग छलफल गरेर बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नगरपालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १७ करोड १२ लाख संघीय सरकारबाट सशर्त अनुदान १७ करोड ८१ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत ११ करोड ३२ लाख, प्रदेश सरकारबाट सवारी साधन करमार्फतको राजस्व बाँडफाँडमा १ करोड ५१ लाख ८१ हजार, प्रदेश सरकारबाट समानिकरण अनुदान ७८ लाख ५३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ७८ लाख ५३ हजार, राजस्व बाँडफाँडमा मालपोतबाट २ करोड, आन्तरिक आयस्रोत वापत ४ करोड ९७ लाख ३० हजार (अनुमानित), सामाजिक सुरक्षा अनुदान १९ करोड गरी कुल रु.७२ करोड ५२ लाख ६४ हजारको वजेट गोप्य रुपमा सार्वजनिक गरेको हो । नेकपा स्थानीय नेता युबराज वास्कोटाले वजेट निर्माण र सार्वजनिकिरणमा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, सरोकारवाला पक्ष सवैलाई वन्देज लगाएर ल्याएको वजेट भित्र अपादर्शी हुनुको साथै चलखेल भएको अनुमान लगाएका छन् ।

नगरपालिकाका प्रबक्ता याम गुरागाईले नगरको विषयगत समितिसँग छलफल गरे पनि सरोकारवालाहरुसँग छलफल नगरी बजेट ल्याएको बताएका छन् । उनले भने, ‘नगरको विषयगत समितिसँग बजेट निर्माणमा छलफल भयो । सरोकारवालसँग कुनै छलफल गरेनौं ।’

सम्बन्धित खवर