सरोकारवालासँग छलफल विना, नगरको वजेट सार्वजनिक - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

सरोकारवालासँग छलफल विना, नगरको वजेट सार्वजनिक

साइनो समचारदाता

पथरी । स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले मंगलबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गरिन् । पाँचौं नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट जनप्रतिनिधिहरुले सरोकारवालहरुसँग ‘वाल मतलब’ दिएर ल्याएपछि त्यसको आलोचना गरेका छन् ।

पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक वस्नेत नगरले सार्वजनिक गरेको बजेट अनविज्ञ छन् । संघमा १७ सय व्यवसायी आबद्ध छन् । ४ सय ३३ व्यवसायी नवीनकरण गरेका छन् । व्यवसायीहरुले नगरको विकास तथा समृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । अध्यक्ष बस्नेतले नगरको वजेटमा वाणिज्य संघलाई सहभागी नगराई एकतर्फी रुपले वजेट विनियोजन गरेको बताए । संघ नगरपालिकाको राजस्व परामर्श समितिको सदस्य रहने व्यवस्था भएपनि हाल बजेट निर्माणमा सहभागी नगराएको अध्यक्ष बस्नेतको भनाई छ ।

नगरपालिका क्षेत्रमा २८ ओटा सामुदायिक विद्यालय छ । क्याम्पस तथा गैर सरकारी क्षेत्रमा खुलेका माध्यामिक तथा आधारभूत विद्यालयहरु रहेका छन् । यस नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यालय–१, सशस्त्र प्रहरी बेस क्याम्प –२, र प्रहरी चौकी–१ वटा , इलाका ट्राफिक प्रहरी कार्यालय–१, इलाका बन कार्यालय–१, इलाका हुलाक कार्यालय–१ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । नगरले वजेट विनियोजन गर्दै नगरको शैक्षिक सस्थाको अवस्थालाई समेत ख्याल नगरी शिर्षक भर्नका लागि वजेट विनियोज गरेको शिक्षक महासघका अध्यक्ष अर्जुन कुमार वुढाथोकीले आरो लगाएका छन् । विनियोजित रकमले नगरको शैक्षिक स्तर उस्कन नसक्ने उनको भनाई रहेको छ ।

सम्बन्धित खवर