‘गलबन्दी च्यातियो...’ विवाद चार बुदामा सुल्झियो - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

‘गलबन्दी च्यातियो…’ विवाद चार बुदामा सुल्झियो

साइनो समचारदाता

पथरी । गायक शम्भु राई र प्रकाश सपुतबीचको ‘गलबन्दी’ गीतको विवाद मङ्गलबार ४ बुँदे सहमतिसँगै साम्य भएको छ । सहमतिसँगै राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यालयमा दिएको उजुरी फिर्ता लिएका छन् ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा सो सहमति भएको हो । सहमति अनुसार युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ । गायक शम्भु राई र प्रकाश सपुतबीच गीतको लयका विषयमा केही समयदेखि द्धन्द्ध हुदै आएको थियो ।

सम्बन्धित खवर