‘उपचारका लागि विदेश नजानुस्, म पनि जान्न’ मन्त्री यादव - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

‘उपचारका लागि विदेश नजानुस्, म पनि जान्न’ मन्त्री यादव

साइनो समचारदाता

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । उनले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नुस म पनि यही उपचार गराउँछु ।’

संसदमा मंगलबार विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको बताएका हुन । मिर्गौला प्रत्यारोपण, मुटुनसाको शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए । उनले विदेश उपचार गर्न जाने कसैले पनि राज्यकोषबाट उपचार खर्च नपाउने उनले संसदबाट बताए ।

सम्बन्धित खवर