एसईईको रिजल्ट भोलि असार ११ गते सार्बजनिक हुने - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

एसईईको रिजल्ट भोलि असार ११ गते सार्बजनिक हुने

साइनो समचारदाता

भक्तपुर । ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएको एसईई परीक्षाको नतिजा भोलि सार्वजनिक हुदैछ । २०७५ साल चैत १० गतेदेखि सञ्चालन गरिएको थियो ।

परीक्षाको उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने ।

नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ । परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ।

सम्बन्धित खवर