कथाः साथी - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

कथाः साथी


अनिता गौतम

शान्तिपुर भन्दा अलिकति पर आशाका ती बगैंचामा असख्य फुलका ती मनोरम दृश्य हेरिरहेकी थिए । ती फल्न र फुल्नै लागेका फुलका कोपिला निराशाका बतासले झार्दै थियो, हुरीले फूलका सम्पुर्ण पातहरु झारिरहेको अवस्थामा अचानक एकदमै बैचन र भयानक आवाजमा कुकुर भुकिरहेको थियो । त्यो आवाज कताबाट आइरहेको छ भन्ने कुरा एकछिन मलाई ठम्याउनै गा¥हो भयो । मन तित्तरबित्तर भइरहेको थियो । त्यस्तो बेलामा आफैंले आफूलाई समाल्न ज्यादै गार्हो भयो ! त्यो कुकुरको भुकाईमा भय पनि भवितब्य पनि र रोदन पनि थियो । जब कुकुरलाई देखे तब त्यो कुकुरलाई पछ्याउदै गए । जाँदाजाँदै पछाडिबाट देखे अनुहार पुरै सलले ढाकेको ती नारीको अनुहार एकचोटी देख्न पाए । चिन्थे कि जस्तो लाग्यो । उनले एउटा सखुवाको बलियो रुख हेरि रुखको हाँगामा डोेरी लगाएर झुन्डिनको लागि के गरिरहेकी थिइन् । त्यो कुकुर जोडजोडले उफ्रदै, भुक्दै थियो । उनले लगाएको पाइन्ट टोकेर तान्दै पनि थियो । ताकि कोहि मान्छे आएर ती अबोध नारीको जीवन रक्षा गर्दिउन ! कुकुरले ती अबोध नारीको पीडा भावविहेल आवाजमा गुन्जाइरहेको थियो ।

दृश्य अनौठो, ज्यादै भयानक र पीडादायी थियो । सुनसान ठाउँमा खाली मेरो दिमागमा मैले उसलाई जसरी भएपनि बचाउनुपर्छ भन्ने मेरो दिब्य दृष्टिले बारम्बार भनिरहेको थियो । तसर्थ म अलिकति मनलाई दर्हो बनाएर केही साहस जुटाएर म नजिक पुगे । उनीतिर फकेर्। दायाँ तीरबाट एक पाटो देखियो, अनुहार कहीकतै चिरपरिचित जस्तो लाग्यो यो भयानक दुर्घटना हो । उनीतिर जाँदै गर्दा अर्कै मान्छे भइदिए जस्तो मनमनमा लाग्यो मैले हजार पटक कामना गरे होला । म उनको सामुन्ने पुगे । मेरा लगातार कामनाहरु धुलो भए । गर्मी नभए पनि ती नारीले एउटा हलुका टि–सट लगाएकी थिई् । टि–सटको गोजीमा एउटा पेन बोकेकी थिइन् । अनुहारमा जीवन र मृत्यु चिन्तन ठूलाठूला ठेलीहरु प्रहल छिरलिएका कुनै विदुषी चरित्र जस्तो पो देखिएकी थिइन । मैले उनलाई हेरिरहँदा बेलाबेला उनको उदास अनुहार हेरी आँखाबाट आँसुका थोपा तपतप झरिरहेको थियो ! सिर्जनशील नारीलाई देखेर ममा आकाश गजरियो, तब म बोल्नै सकिन अनि हत्तपत्त उनीलाई दुर्घटना हुनबाट बचाएपछि लाग्यो, संसारमा यो भन्दा खुशीको पल अरु के होला र ? एउटा सानो प्रयासले कसैको अमूल्य जीवन बाच्यो । अनि एकअर्कोमा अगाँलो मारेर हामी ज्यादै रोयौँ । किनकि उनी त मेरो बालसखी पो रहेछिन । उनी २१ बर्षको हुँदा एउटा किड्नीले काम गर्न छोडेछ । अनि जीवनदेखि हरेस खाएर, जीवनदेखि हार मानेकी ती नारीलाई लाग्यो तिमी मेरो जीवनमा किन यसरी आइपुग्यौँ ? अनि प्रतिउत्तरमा‘ए प्रिय मान्छे जहाँ तिमी त्यहाँ सधैँ म हुनेछु ।’

मलाई मर्नबाट किन बचायौँ ? लागेको थियो, अब मलाई भगवानले पनि मर्नबाट रोक्न सक्दैन । तर तिमीले रोकेउ ? अनि कशिशले गहभरी आँसु खसाल्दै भनि, ‘तिमी मेरो जिन्दगीको विशेष मान्छे हौँ र मेरो जीवनको अन्तिम क्षणमा पनि विशेष नै रहने छौँ । म तिम्रो उहीँ बालसखी कशिश हुँ । बाँच्ने कला सिकाउने नाममा ठूलाठूला ठेलीहरुलाई पन्छाएर एकपटक ए प्रिय ! पशुको जीवनलाई हेर त उनीहरुलाई जती नै दुःख परेपनि उनीहरु कहिले पनि आत्महत्या गर्दैनन । किनकि हामी त एक विवेकशील, सिर्जनशील प्राणी हौँ । जसमा हामीसँग बाच्न र खुशी दिने धेरै थोक छन् । त्यसलाई हामीले पहिचान गरि बुझ्न सक्नुपर्छ । तिमीले नै मलाई सानोमा जीवनको बारेमा कति बुझाउथ्यौं, सम्झाउथ्यौं ? जीवनमा हामीले धेरै कुरा गर्न बाँकी छ, भन्थ्यौं त्यो पल किन महशुस गरेनौ ? मर्नुभन्दा अगाडि ममा के बित्छ भनेर मलाई एकपटक किन सम्झेनौँ ?’ अनि सखीलाई लिएर म घर गए त्यसपछि हामी भोलिपल्ट दुवैजना अस्पताल गयौँ अनि हामी दुबैजना दुई वटा बेडमा पल्टिरहेको थियौँ । कशिसले सखीलाई आफ्नो एउटा किड्नी दिइन् । त्यसपछि दुवैको जिन्दगीले खुशीको नयाँ मोड लियो । तब विहान मिर्मिरको समयमा मलाई ममीले नानी ए, नानी नानी भनी ३ पटक सम्म बोलाउँदा पो, झल्लास बिउझें । जहाँ आफूलाई बेडमा पो सुतिरहेको पाए ।

सम्बन्धित खवर