प्रदेश १ को जनजीवन प्रभावित - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

प्रदेश १ को जनजीवन प्रभावित

साइनो समचारदाता

पथरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको एक दिने नेपाल बन्दले सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

प्र्रदेश १ को १४ वटै जिल्लामा चल्ने लामो तथा छोटो दुरीको यातायातको साधन फाटफुट्ट मात्र चल्यो। ताप्लेजुङ, पान्थर, इलाम, झापा जोड्ने मेची लोकमार्गमा यातायात चलेन । मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा जोड्ने कोशी लोकमार्ग पनि बन्दले सुनसान रहयो । उदयुपर–ओखलढुंगा–सोलु जोड्ने बाटो पनि बन्दले प्रभावित भएको छ। कोशी, मेची लोकमार्ग मधेस–पहाड–हिमाल जोडने मुख्य मार्ग हो।

ताप्जेजुङको फुङलिङ बजार ।                                                                                                                                          तस्वीरः आलोक माबोहाङ

प्रदेश १ मा पर्ने पूर्व पश्चिम लोकमार्गपनि बन्दले जनजीवन प्रभावित भएको छ । विराटनगर, इटहरी, विर्तामोड, धरान, दमक, धनकुटा, फिदिमलगायत मूख्य बजारको जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएको छ ।

सम्बन्धित खवर