विभिन्न स्थानमा शंकास्पद बम फेला - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

विभिन्न स्थानमा शंकास्पद बम फेला

साइनो समचारदाता

पथरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्द सफल पार्ने हेतुले मुलुकको विभिन्न ठाउँमा मंगलबार बिहानै बम र शंकास्पद वस्तु फेला परेको छ ।

प्रदेश १ को झापाको भद्रपुर नगरपालिकाको कार्यालय भित्र कालो झोलामा शंकास्पद वस्तु भेटिएको छ । यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्ति चोकमा प्रेस कुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । उर्लाबारीमा भेटिएको शंकास्पद बम सेनाले डिस्पोज गरेको छ ।

उर्लाबारीमा शंकास्पद बस्तु फेला ।

उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । सुतली बम जस्तो देखि शंकास्पद बस्तुको अहिले प्रहरीले सुरक्षा दिईरहेका प्रहरीले जानकारी दिए । गाईघाटबाट डिष्पोज टोली आउने तयारी भईरहेको र टोली आएपछि डिष्पोज गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका–१४ चाउथेमा पनि शंकास्पद बस्तु फेला परेको छ । शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शङ्कास्पद वस्तु फेला परेको थियो । लमजुङ सेक्रेटरी विनोद सोनामलाई प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले थप अनुसन्धान भइरहेको बताएका छन् ।

प्रदेश ३ को कीर्तिपुरमा प्लाष्टिकको भाँडोभित्र माटो र तारमात्र भेटिएको छ । ललितपुरको जावलाखेल नक्कली बमको हल्लाले मंगलबार बिहान त्रस्त बन्यो । जावलाखेलस्थित खेल मैदान नजिकैको एक सटरमा शंकास्पद वस्तु भेटियो । नुवाकोटको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितको निवासमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

प्रदेश ५ को बर्दियाको गुलरियास्थित बन कार्यालय नजिक शंकास्पद बस्तु फेला परेको छ ।

सम्बन्धित खवर