उर्लाबारीमा बम (तस्विर सहित) - Sainokhabar
  • बिहिबार, जेठ २७, २०७८

उर्लाबारीमा बम (तस्विर सहित)

साइनो समचारदाता

उर्लाबारी । नेपाल कम्प्युनिष्ट पार्टी(बिप्लव माओबादी)का कारण प्रदेश नम्बर १ लगायतको जनजीवन प्रभावित बनेको छ । विहाननै देखि यातायात अवरुद्ध भएको छ भने स्कुल, क्याम्पसहरु बन्द रहेका छन । मोरङको महेन्द्र लोकमार्गमा फाट्ट फुट निजी सवारी र सेना, प्रहरी बाहेक अन्य यातायात कुदेको छैन्न ।

प्रहरीले मोरङको उर्लाबारीमा हिजो मात्र बिप्लब माओवादीका २ जना कार्यकर्ता पक्राउ गरेको छ । मंगलबार (आज) पूर्व पश्चिम लोकमार्गको उर्लाबारीमा बम फेला परेको छ । उर्लाबारी ४ स्कुल डाडामा बिहानै एक जेब्रा झोलामा तार जडान गरिएको अवस्थामा बाटो हिड्ने यात्रीले देखेका थिए । अहिले बम भएको स्थानमा नेपाली सेना र नेपाल प्रहरीले सुरक्ष दिई रहेको छ । स्थानीयको अनुसार रातको २ बजे सो स्थानमा लाईट बल्दै निभ्दै गरेको थियो । नगरपालिका र उर्लाबारी बजार, प्रहरी इलाका भन्दा लगभग ५ सय मिटर बीचको महेन्द्र राजमार्गमा बम फेला पर्नाले स्थानीय त्रासित बनेका छन ।
रातको २ बजे बमको शंका भए पनि नेपाली सेनाले १० बजे डिस्पोज गर्र सफल भएको छ । बम डिस्पोज पछि निजी सवारी आवतजावत सुरु भएको छ । बम कुनै घातक नभएर जनतालाई त्रसित पार्न ‘अक्स’ बम बनाएर राखेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मिराज अधिकारीले बताए । बमसँगै साबुन अन्य खनिज पदार्थ झोलामा फेला परेको छ । पुर्वी मोरङको बेलबारी, पथरी र उर्लाबारीमा बन्दको बेला बम फेला पर्नु सामान्य बन्दै गइरहेको छ भने त्यस क्षेत्रको शान्ति सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीलाई सुरक्षा चुनौती बढेको देखिन्छ ।

 

सम्बन्धित खवर