मोरङबाट नेपाल कम्युनिष्ट पार्टी तीन कार्यकर्ता प्रक्राउ - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

मोरङबाट नेपाल कम्युनिष्ट पार्टी तीन कार्यकर्ता प्रक्राउ

साइनो समचारदाता

पथरी । पाँचथान हतियारसहित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका तीन जनालाई मोरङबाट पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनाई पक्राउ गरेको हो ।

आइतबार मोरङको बेलवारी नगरपालिका–३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश धिमाललाई पक्राउ परेका थिए । को १७ प ४५८६ नम्बरको मोटरसाइकल स्कुल डाँडा पुगेका राई र धिमाललाई पक्राउ गरेको प्रहरीले सोधपुछ गर्ने क्रममा धिमालको दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको हो । धिमालको घरमा हतियार रहेको थाहा पाएपछि कानेपोखरी गाउँपालिका– ६ बिहीबारेस्थित धिमालको कोठाबाट २ थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली फेला पारेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । पक्राउ परेकाहरुको बयानका आधारमा सोमबार प्रहरीले उर्लाबारी नगरपालिका–२ का ४८ वर्षिय केन्द्रलाल धिमललाई पक्राउ गरेको हो । धिमालको घरबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा खोजतलास गर्दै पुगेको प्रहरीले तीनमध्ये एक बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो । अधिकारीका अनुसार पक्राउ परेका राई विप्लव समुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् । केन्द्रलाल र कंश भने जिल्ला तहका नेता हुन् । कंश धिमाल भने अपराधिक गतिविधिमा संलग्न हुदै आएको बताइएको छ । बैंक लुटेको मुद्दामा धिमाल सात वर्ष जेल परेका थिए ।

सम्बन्धित खवर