महासंघले माग्यो, १ करोड ३ लाख - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

महासंघले माग्यो, १ करोड ३ लाख

साइनो समचारदाता

पथरी । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिले १ करोड ३ लाख रुपैया बराबरको योजना माग गरेको छ । आइतबार पथरी शनिश्चरे नगरपालिकाको कार्यालयसँग महासंघले योजना माग गरेको हो । महासंघका अध्यक्ष चन्द्र तामाङले योजनाहरुको माग पत्र नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलालाई बुझाए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ (फ)ले व्यवस्था गरेको प्रावधानअनुसार वा संविधानको अनुसूचि ८ को २२ नम्बरमा व्यवस्था गरेको परिधि भित्र रहेर योजना माग गरेको अध्यक्ष तामाङले बताए । स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, समाजिक परम्परा अनुभबलाई संरक्षण र सम्बद्र्धनका लागि योजना माग गरिएको हो । उपप्रमुख विष्टले माग पत्र प्रति सकारात्मक भएको बताउँदै बैठकमा आवश्यक छलफलका लागि पेश गर्ने बताइन् ।

सम्बन्धित खवर