‘दिलहिरा...’ अब अनप्लग भर्सनमा(भिडियोसहित) - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

‘दिलहिरा…’ अब अनप्लग भर्सनमा(भिडियोसहित)

साइनो समाचारदाता

पथरी । वि.सं. २०६७ मा सार्वजनिक भएको ‘दिलहिरा’ गीति एल्वमको चर्चित गीत ‘दिलहिरा…’ अब स्रोताले अनप्लग भर्सनको सुन्न सकिनेछ ।

पथरी मोरङका गायक रबिन कन्दङ्वाको स्वर रहेको ‘दिलहिरा…’ बोलको गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको छ ।नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दीपा चाम्लिङले फिचरिङ गरेका छन् । युट्युव च्यानल ट्युल्भ नोट्समार्फत् सार्वजनिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन÷निर्देशन रहेको छ । ‘दिलहिरा’ गीति एल्वम रबिनको पहिलो गीति एल्वम हो । कन्दङ्वा अब छिट्टै नै ‘कोशौं टाढा… गीति एल्वम लिएर आउने तरखरमा छन् ।

सम्बन्धित खवर