सकियो ‘बेलबारी गजल महफिल–२०७६’ - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

सकियो ‘बेलबारी गजल महफिल–२०७६’

साइनो समचारदाता

बेलबारी । कोशी नेपाल मिडिया बेलबारी ३ मोरङले आयोजना गरेको ‘बेलबारी गजल महफिल–२०७६’ मा मुलुक भरका चर्चित गजलकारहरु शनिबार भेला भएका थिए ।

आदिबासी जनजाति सभा हलमा भएको महफिलमा युवा पुस्ताका गजलकारदेखि अग्रज पुस्ताका जलकारहरुले दमदार गजलहरु सुनाए, करिब डेढ सय पाठकहरु गजलकारहरुको शेरहरु लठिए । इलामका बलिभद्र विवस कोइरालाबाट सुरु भएको महफिलमा किसान प्रेमी, विराट अनुपम, सुनिता तामाङ, पुरु लम्साल, पुष्प अधिकारी ‘अञ्जली’, वसन्त ओली ‘वसन्ती’, मधु पोख्रेल, अञ्जु स्मारिका, प्रमोद स्नेह, कविता राई, युवराज ठकुरी ‘अज्ञानी’ रिचा लुइटेल, टीका आत्रेय, जीबी गजल, तिला लेकाली, प्रकट पंगेनी ‘शिव’, सुन्दर कुरुपले माहोल तताए । १८ गजलकारहरुले २/२ वटा गजल वाचन गरेका थिए ।

मिडियाका सञ्चालक अर्जुन कुलुङ राईको अध्यक्षतामा भएको महफिल नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले रचना बाचन गरेर समुद्घाटन गरिएको थियो । कार्यक्रम कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महफिल आयोजना गरिएको हो ।

सम्बन्धित खवर