स्थानीयले भने, ‘सर्वोच्चको आदेश नगरपालिकाले टेरेन’ - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

स्थानीयले भने, ‘सर्वोच्चको आदेश नगरपालिकाले टेरेन’

साइनो समचारदाता

पथरी । मोरङ्गको पथरी शनिश्चरे नगरपालिकाको केन्द्र कहाँ राख्ने ? भन्ने विषयको विवाद कायमै छ । केन्द्र अर्थात् कार्यालय हाल साविक पथरी गाविसको कार्यालयमा छ । सर्वाेच्च अदालतले समेत नगरपालिकाको केन्द्र पथरी शनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा राख्ने आदेश दिएपनि विभिन्न वहानामा केन्द्रलाई पथरी शनिश्चरे १ मै राख्न लागिपरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

शनिवार संर्घष समितिले पत्रकार सम्मेलनको आयोजना गरेर सर्वाेच्च अदालतको फैसला कार्यान्वयन नगरेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा वोल्दै संर्घष समितिका संयोजक पर्शुराम कार्कीले कुनै पनि बाहानमा नगरपालिकाको केन्द्र तोकिएभन्दा बाहिर राखे स्वीकार नगर्ने बताए । उनले भने ‘नगरपालिकाको घोषणा अघि नै नगरपलिकाको केन्द्र बारे सवै ठाउँवाट निर्णय भइसकेकाले नगरपालिकाको केन्द्र तोकिएकै ठाउमा हुनुपर्ने हाम्रो अडान हो ।’ नगरपालिकाको केन्द्र भुटानी शरणार्थी शिविर रहेको ठाउ उपयुक्त भएको समेत कार्कीको भनाइ छ ।

२०६८ साउन ३२ गते साविक पथरी गाविस र शनिश्चरे गाविसका राजनैतिक दलको सर्वदलीय बैठकले केन्द्र साविक शनिश्चरे गाविसको वडा नम्बर १ को शरणार्थी शिविरमा राख्ने निर्णय गरेको थियो । पथरी गाविसवाट ७ वटा वडा र शनिश्चरे गाविसलाई ८ वटा वडा निर्धारण गरि नगरपालिका घोषणा गर्ने सहमति भएको जनाइएको छ । भौतिक संरचना निर्माण नहुन्जेल साविक पथरी गाविसको कार्यालयलाई नै नगरपालिकाको केन्द्र वनाउने र पछि प्रस्तावित स्थानमा केन्द्र राख्ने निर्णय भएपनि कार्यान्वयन नभएको संर्घष समितिको भनाइ छ । २०७२ वैसाक २५ गते नेपाल भरिका ७२ वटा नगरपालिका घोषणा हुदा पथरीशनिश्चरेलाई नगरपालिका घोषणा गरिएको थियो ।

संर्घष समितिका अनुसार तत्कालिन मोरङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्की, स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनालीको उपस्थितिमा भएको सर्वदलीय सहमतिले समेत नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्नु पर्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा वोल्दै संर्घष समितिका सदस्य भगत थपलियाले पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधिको कारण नै हाल सम्म पनि नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्न अलमल भएको आरोप लगाए ।

स्थानीय गंगा साँवा पथरी शनिश्चरेको केन्द्र तोकिएको स्थानमा नराखिए थप संर्घष गर्न वाध्य हुने वताए । पुनरावेदन अदालत विराटनगरले २०७१ असार ३ गते नगरपालिकाको कार्यालय भुटानी शरणार्थी शिविरमा राख्न आन्तरिम आदेश जारी भएको विज्ञाप्तीमा जनाइएको छ । विज्ञाप्तीमा विभिन्न मितिमा पुनरावेदन अदालत तथा सर्वाेच्च अदालतले पनि आदेश दिएकोले अदालतको मानहानी नगर्न आग्रह गरेको छ । राज्य पुर्नसंरचना आयोगले पथरी शनिश्चरे नगरपालिकामा तत्कालिन हसन्दह गाविस समेत मिलाई १० वटा वडा वनाएको र केन्द्र पथरी शनिश्चरे १० भुटानी शरणार्थी शिविर क्षेत्रमा राख्ने निर्णय गरेकाले सो निर्णय मान्न समेत आग्रह गरिएको छ ।
यसै विच नगरपालिकाले नगरपालिकाको केन्द्र कहा राख्ने विषयमा जग्गा खोजविन गर्न उपमेयर यमुना विष्ट वास्तोलाको संयोजकत्वमा समिति निर्माण गरेको छ । समितिले भदौ १० गते सम्ममा प्रतिवेदन प्रस्तुत गर्ने छ । यसै विच प्रदेश सरकारले सोहि स्थानमा आदिवासी जनजाति तथा धार्मिक संग्रालय निर्माणका लागि १करोड ५० लाख विनियोजन गरिसकेको छ । यता सोहि स्थानमा खेल मैदान निर्माण गर्न प्रदेश सरकारले समेत वजेट विनियोजन गरेको छ । यता संर्घष समितिले भने भुटानी शरणार्थी शिविर भित्र किरात राई यायोक्खाले चर्चेको १ विगाह १० कठ्ठा जग्गामा नगरपालिकाको केन्द्र राख्न जग्गा खोजी गरिएको र सवै प्रक्रिया पूरा गरेको वताएको छ ।

सम्बन्धित खवर