१४ किलोको नेल र हत्कडीप्रति डा. भट्टराईको आपत्ति - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

१४ किलोको नेल र हत्कडीप्रति डा. भट्टराईको आपत्ति

साइनो समचारदाता

काठमाडौं । राष्ट्रिय जनता पार्टीकाा नेता तथा सांसद रेशम चौधरीलाई उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विरोध गरेका छन् । उनले अस्पतालमा चौधरीलाई भेटेको एक तस्बिर सार्वजनिक गर्दै भनेका छन, ‘१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो रु’ साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् । मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन् । चौधरीलाई भेट्न शुक्रबार वीर पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।

भट्टराईले लेखेका छन्, “टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण! “

सम्बन्धित खवर