सुजाताको हत्या भएको दुई दिनपछि अभियुक्त पक्राउ - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

सुजाताको हत्या भएको दुई दिनपछि अभियुक्त पक्राउ

साइनो समचारदाता

पाँचथर । पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङलाई हत्यामा आरोपित प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार मतृ भेटिएको सुजाता तामाङको हत्या आरोपितलाई विहीबार प्रहरी पक्राउ गरेको हो । हिलिहाङ ६ रातमाटेमा लघुवित्त समूहको बैठक सञ्चालनसँगै ब्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) नरेन्द्र कुँवर नेतृत्वको टोलीले हिलिहाङ गाउँपालिका ६ का १९ वर्षिय घनेन्द्र लावतीलाई पक्राउ गरेको हो। प्रहरीले सुजाताको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसहित लावतीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले लावतीलाई हिलिहाङ ५ स्थित गाउँमै लुकेर बसेको अवस्थामा बिहीबार राति ८ बजे पक्राउ गरेको हो। लावतीले पैसाकै लोभमा तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी कुँवरले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

सम्बन्धित खवर