आज सबैभन्दा लामो दिन, भोलिदेखि दिन छोटो हुदै - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

आज सबैभन्दा लामो दिन, भोलिदेखि दिन छोटो हुदै

साइनो समचारदाता

काठमाडौं । नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समय सबैभन्दो बढी हुदैछ । आजको दिन झण्डै १४ घण्टाको हुनेछ । काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ। आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ। अन्तर्रा्ष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ। डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।

सम्बन्धित खवर