जेसीज सप्ताह असार १२ गतेदेखि - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

जेसीज सप्ताह असार १२ गतेदेखि

साइनो समाचारदाता

पथरी । मोरङको पथरी जेसीजले सुनसरी इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भ्रष्टाचार विरुद्धको अभियान्ताको रुपमा बोलाएर जेसीज सप्ताह २०१९ को सुरुवात गर्ने भएको छ ।

इटहरी उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त नगरको रुपमा स्थापित गर्ने भन्दै कर्मचारी, पार्टी नेताहरु र पत्रकारहरुलाई समेत भ्रष्टचार विरुद्धको अभियान लाग्न आग्रह गर्दै आएका छन् । जेसीजले असार १२ गतेदेखि जेसीज सप्ताह कार्यक्रम गर्दैछ । यस्तैगरी असार १३ गते गरिब तथा जेहेन्दार विद्यार्थीलाई टिफिनकारी वितरण, असार १४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, असार १५ गते लागू औषध प्रयोगमा न्युनिकरण ट्राफिक सचेतना कार्यक्रम, असार १६ गते ट्राफिक सचेतना कार्यक्रम, असार १७ गते नेतृत्व विकास, असार १८ गते सम्मन तथा समापन समारोह कार्यक्रम गर्ने महासचिव सुमन कुरुम्बाङले जानकारी गराए । कार्यक्रम मूल आयोजक समितिमा सुवर्ण खत्रीको साथै टेकिन्द्र लिभाङ लिम्बू, अनु राई, अनोज घिमिरे, राजकुमार विक, काँशीहाङ राई, लक्ष्मी भट्टराई र सन्तोष ढुंगेललाई जिम्मेवारी दिइएको अध्यक्ष मानबहादुर दियालीले बताए । पथरी जेसीजले संस्थापक अध्यक्ष अशोक शंकरलाई आगामी निर्वाचनमा केन्द्रीय अध्यक्ष उठाउन देशव्यापी रुपमा पहल थालेको समेत अध्यक्ष दियालीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

सम्बन्धित खवर