मुसहरहरुको घर प्रदेश २ सरकारले बनाउने - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

मुसहरहरुको घर प्रदेश २ सरकारले बनाउने

साइनो समचारदाता

जनकपुरधाम । “जनता आवास कार्यक्रम”अन्तर्गत मन्त्री जितेन्द्र सोनलले विहीबार मुसहरहरुको ८० वटा घर निर्माणका लागि शिलान्यास गरेका छन् । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा घर बनाउने निर्णय गरिएको थियो ।

जनकपुर उपमहानगरपालिका वार्ड नं. २४ बसहियामा एक कार्यक्रमका बीच भौतिक पूर्वाधार विकास मन्त्री सोनलले भवनको शिलान्यास गरेका छन् । मन्त्री सोनलले प्रदेश २ मा मुसहर, डोम, मेस्तरलगायत जातिको घर प्रदेश सरकारले पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् । जनता आवास धनुषा सयोजक परमेश्वर साह, धनुषा भवन कार्यालयका प्रमुख महेन्द्र महतो, सोही वार्ड का वार्डा अध्यक्ष सत्यनारायण साह लगायत कार्यक्रममा सहभागी रहेको थियो ।

सम्बन्धित खवर