प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर हत्या गर्योः नेकपा - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर हत्या गर्योः नेकपा

साइनो समचारदाता

जनकपुर । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश नम्बर २ को पार्टी सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको जनाएको छ । पौडेल बागमती नगरपालिका वडा नं. २ धरहराका बासिन्दार हुन् ।

नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ बिज्ञप्ति जारी गर्दै, पौडेललाई नियन्त्रणमा लिइसकेपछि प्रहरीले हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको जनाएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अबस्थामा पौडेललाई नियन्त्रणमा लिएर चिनिसकेपछि कायरतापूर्वक हत्या गरेको सो पार्टीले जनाएको छ । मृतक पौडेललाई नेपाल कम्युनिस्ट पार्टीले महान् सहिद घोषणा समेत गरेको छ । बिज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’ घटनाले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको जनाउदैँ नेकपाले शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गरेको छ । बिज्ञप्तिमा सहिदहरूको बलिदान खेर जान नदिने चेतावनी दिदै व्युरो इन्चार्ज अरुणले एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

सम्बन्धित खवर