प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढेको छ । नगर प्रमुख दिलिपकुमार राईले नगरकै पहिलो कार्यक्रमका रुपमा वडा नम्वर ४ मा कार्यक्रम सुरु गरेका छन् ।

बेरोजगारहरुका लागि रोजगारमा सहयोग पुर्याउने उद्धेश्यले सरकारले ल्याएको कार्यक्रममा नगरका १० वडाका २०÷२० जनाका दरले २ सय जनालाई नगरभित्र आवश्यक काममा रोजगार बनाउने उनले बताए । कार्यक्रममा सो वडाका अध्यक्ष गोविन्दवहादुर भण्डारी सहितले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय सरकारले समेत वडा वडामा रोजगारका कार्यक्रम तय गरेको बताए । ४ नम्वर वडामा पैनी सरसफाई, सडक मर्मत सहितका कामको योजना बनेकोमा नगर प्रमुख राईको समेत सहभागितामा पैनी सरसफाई कार्यक्रम थालिएको छ ।

सम्बन्धित खवर