७ दिने च्याउ तालिम - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

७ दिने च्याउ तालिम

साइनो समचारदाता

चुलाचुली (इलाम) । इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ नं. वडा प्रगति टोल स्थित ७ दिने च्याउ खेती तालिम सम्पन्न गरेको छ ।घरेलु तथा साना उधोग विकास समिति, इलामले आयोजना तालिममा १६ जनाले तालिममा सहभागीता जनाएको थियो ।

चुलाचुली गाउँपालिकाको सहयोग समेत रहेका तालिमको सहजकर्ता च्याउ पकेट संचालन समितिको अध्यक्ष हेमकुमार लिम्बूले गरेको थियो । पंचबुद्ध मेमोरियल बोर्डिङ स्कुलमा आयोजित समापन कार्यक्रममा संयोजकद्वारा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रममा पूर्व वडाअध्यक्ष धन प्रसाद दुलाल, प्रगति टोल अध्यक्ष रूकमन राई, घरेलु तथा साना उधोगका कर्मचारी विनोद राई र निरज राई लगायतको उपस्थिति रहेको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख अतिथित्व रहेको कार्यक्रम ४ नं. वडा कार्यालयको अध्यक्ष कालिदास भट्टराई रहेको थियो ।

सम्बन्धित खवर