उर्लाबारीमा ‘वाईफाई फ्रि’ कार्य सुरु सार्वजनीक १२ ठाउँमा जडान हुँदै - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

उर्लाबारीमा ‘वाईफाई फ्रि’ कार्य सुरु सार्वजनीक १२ ठाउँमा जडान हुँदै

उर्लाबारी, असार ३
मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँमा ‘फ्रि वाईफाई’ सेवा सुरू गरेको छ । इन्टरनेटको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको वल्र्ड लिङ र उर्लाबारी नगरपालीकाको सहकार्यमा मंगलबार देखि ‘फ्रि वाईफाई’ सेवा जडा सुरु गरेको हो ।
मंगलबार बेलुका इलाका प्रहरी कार्यालय, उर्लाबारी नगरपालिका भरी ‘फ्रि वाईफाई’ को उद्धघाटन गर्दै सेवा लिन आउने सेवा ग्राहीको सहजताको लागि ‘फ्रि वाईफाई’ सेवा सुरु गरेको मेयर खड्ग फागोले बताउनु भयो ।
मेयर फागोले भन्नुभयो – ‘हामी उर्लाबारीलाई कृषि, भौतिक पूर्वाधार र शिक्षाको हबका रुपमा विकास गरिरहेका छौँ’, ‘यी सबै चीजको विकासका लागि इन्टरनेट पनि एउटा महत्वपूर्ण पाटो हो ।’


नगरबासीहरु नगरमा महत्वपुर्ण कामका लागि आउने तर कति कागज पत्र छुट्ने भएकाले फर्किनु नपरोस भन्ने हेतुले ‘फ्रि वाईफाई’ जडान सुरु गरेको र एक हप्ता भित्र नगरका १२ स्थानमा जडान गरिसक्ने वल्र्ड लिङ्कका दमक शाखा प्रमुख राजन तिम्सिनाले जानकारी दिनुभयो । उहाले भन्नु भयो उर्लाबारीमा जडान गरिएका ‘फ्रि वाईफाई’ एउटा मोबाईलबाट दिनमा बढीमा एक घण्टासम्म मात्र चलाउन पाईनेछ ।

सम्बन्धित खवर