अर्थमन्त्री आङ्बोद्वारा प्रस्तुत बजेट जस्ताको तस्तै - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

अर्थमन्त्री आङ्बोद्वारा प्रस्तुत बजेट जस्ताको तस्तै

साइनो समचारदाता

विराटनगर । प्रदेश नम्बर १ सरकारले ४२ अर्ब २० करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेश सभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट सार्वजजिक गरेका हुन् ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको छ ।

 

सम्बन्धित खवर