चर्म रोग शिविरबाट २ सय ७० लाभान्वित - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

चर्म रोग शिविरबाट २ सय ७० लाभान्वित

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको निःशुल्क चर्म रोग शिविरमा २ सय ७० जनाले सेवा लिएका छन् । कुष्ठ रोग पत्ता लगाउनका लागि समेत चर्म रोग शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाका सहसंयोजक जगत मगरले बताए ।

वडा नम्वर ४ मा आयोजित शिविरमा बरिष्ठ चर्मरोग बिशेषज्ञ डा. घनश्याम झाद्वारा २ सय ७० जना चर्म रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियोे । विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको शिविरमा कुष्ठरोगका नयाँ विरामी भनें फेला नपरेको उल्लेख छ ।

सम्बन्धित खवर