साइनो समचारदाता
काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले अध्यापन अनुमति पत्रका लागि दरखास्त खुलाएको छ ।
आयोगका अनुसार असार २ गतेदेखि असार २२ गतेसम्म आवेदन पाइनेछ । तर दोब्बर दस्तुर तिरेर भने असार २९ गतेसम्म आवेदन दिन पाउने जनाएको छ । आयोगले सूचना जारी गर्दै प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा शिक्षण गर्न इच्छुकको लागि दरखास्त खुलेको हो ।
घरमै बसेर पनि फर्म भर्न सकिनेछ । कसरी भर्ने फर्म ?
अध्यापन अनुमति पत्रको फाराम भनेसम्बन्धमा इच्छुक उम्मेदवारका लागि
जानकारी
1. सर्वप्रथम आयोग वेवपेज www.tsc.gov.np खोल्नुहोस ्।
2. होमपेजको अनलाइन एप्ललकेशन भन्ने बटनमा क्लिक गर्नुहोस् ।
3.तपाईँ नयाँ युजर हो नयाँ भन्ने बटनमा क्लिक गर्ने। दोस्रो, तेस्रो चोटी प्रयोग गर्दा पार्ववर्ड विसुर्न भयो भने बटममा क्लिक गर्नुहोस् ।
4. Date of birth भन्ने बटनमा Month मा click गरेपछि Calendar Active हुन्छ । सोही Calendar बाट Month, Year र Date choose गर्ने।
5. एकै information बाट (जस्तै एउटै email र एउटैमोबाइल नम्वर ) प्रयोग गरी दुई पटक फर्म भर्न मिल्दैन ।
6. नयाँ युजरको लागि नयाँ भन्ने बटनमा क्लिक गरी आफ्नो विवरण सहि र पछि फरक नपर्ने गरी Create भन्ने बटनमा क्लिक गर्नुहोस् ।
7.तपाईँ को email address मा Activation code नआएमा Resend code ma clickगर्ने र शुरुमा भरेकै information पुन:दोहोराएर जस्ताको तस्तै भर्न पर्नेछ । information गलत भएमा code resend हुनेछैन ।
8. एलटीभेसन कोर्ड टाइप गर्ने कोठा आउाँछ । त्यसमा कोर्ड राख्ने त्यो कोर्ड तपाईँ को इमेलमा १–२ मिनेट भित्र आउनेछ । यदि त्यति समयमा सो विवरण मेलमा प्रालि नभएमा GMail र Yahoo Mail को हकमा Spam मा र Hot Mail को हकमा Junk Mail मा आएको हुनसक्छ । त्यो कोर्ड प्राप्त गरी User Account बनाउने ठाउँमा टाइप गर्नुहोस् ।
9. पासवर्व टाइप गरी अनलाइन फाराममा दिएको निर्देशन बमोजिम सहि तथ्य सहितको पछि फरक नपर्ने गरी फाराम भरी परीक्षाको लागि योग्य उम्मेदवारी बन्नुस् ।र अन्त्यमा Log Out गर्नुहोस् ।
10. फाराम भर्दा एकै व्यक्तिले ३ बटै तहमा भर्नु परेमाप right side को + sign मा Click गरेर थप गर्ने भर्न सकिनेछ ।
11. फाराम भर्दा केही त्रुत्रि भएको खण्डमा फारम भर्ने अन्तिम म्याद अगाबै सच्याउनुहोस् ।
12. फोटो र दरखास्त अपलोड गर्दा दिएको निर्देशन बमोजिमको साइजमा jpeg/jpg फरम्याटमा Upload गर्नुपर्नेछ ।
13.तपाईको योग्य उम्मेदवार हो भन्ने आयोग सुनिश्चित भएमा तपाई स्वयमले प्रबेश पत्र प्रिन्ट गरी सोही प्रबेश पत्रको खाली ठाउँमाअनलाइन फारम भर्दाको फोटा टाँसी आफ्नो दरखास्त गरी परीक्षा हलमा आउनुपर्नेछ । अन्यथा परीक्षा हलमका प्रबेश गराउन बाध्य हुनेछैन ।
14. फाराममा बाबुको नाम, बाजेको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना अनिवार्य नेपालीमै हुनुपर्नेछ ।
15. फाराम submitगर्नु अगाडि कतै गल्ती भएको छ कि दोहोरयाएर हेर्नु होला । submit गरिकेपछि सच्याउने मौका पाउनुहुनेछ ।
16. फाराम समयमै भर्नु भएमा सहज हुनेछ । त्यसो भयो भने पछि धेरैजनाले एकै समयमा भर्न खोज्दा आउन सक्ने झञ्झट बाट मुक्त हुन सक्नुहुनेछ ।
17. प्राथमिक तहमा एकै व्यक्तिले एक भन्दा बढी जिल्ला छनौट गरी फर्म भर्न मिल्ने छैन ।
18. चौथो रपाँचौ विज्ञपानमा single मात्र फर्म भर्न मिल्नेछ ।
19. सबै फिल्ड भरी सकेर ओके भएपछि मात्र form submit गर्नुपर्नेछ । गलत information भरेर submit गरेमा पुनः सच्याउन मिल्ने छैन।
20. बधाइ छ तपाईको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ ।