कांग्रेस अवरोधका कारण बैठक स्थगन - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

कांग्रेस अवरोधका कारण बैठक स्थगन

साइनो समचारदाता

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस सांसदहरुको नाराबाजीका कारण आज चल्ने भनिएको बैठक भोलिसम्म स्थगन भएको छ । बैठक भोलि ४ बजे बस्नेछ ।

मंगलबार सभामुख कृष्णबहादुर मोहराले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् । संसदलाई सम्बोधन गर्न भनेर रोष्टममा पुगिसकेका प्रधानमन्त्री अवरोध कायमै रहेपछि फर्किएका थिए । प्रधानमन्त्री ओलीले युरोप भ्रमणका साथै समसामयिक विषयमा बोल्ने बताइएको थियो । प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै कांग्रेस सांसदहरु उभिए । कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर प्रधानमन्त्रीले पछि बोल्ने गरेको दृश्टान्त प्रस्तुत गर्दै प्रतिपक्षी पहिले बोल्ने गरेका बताएका छन् । नेकपाको नेता माधब नेपालले प्रतिपक्षी कांग्रेसको माग नाजायज रहेको टिप्पणी गरेका छन । समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रको हितमा काम गर्ने थलो भएकाले कस्ले अगाडि बोल्ने कल्ले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेर फाग्नु जनताको अभिमतको द्रुपयोग भएको भन्दै सत्तापक्ष–प्रतिपक्ष दुबै गैरजिम्मेवार भएको बताएका छन् ।

प्रमुख विपक्षीको अवरोध गर्दै संसदमा सम्बोधन गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । साँझ ५ बजे पत्रकार सम्मेलन राखिएको छ ।

सम्बन्धित खवर