‘बर्बरिक’ नाटक प्रदर्शन - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

‘बर्बरिक’ नाटक प्रदर्शन

साइनो समचारदाता

पथरी । स्वर्गीय जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नामक नाटक सोमबार पथरीमा मञ्चन भएको छ । सुनाखरी युवा क्लब पथरी शनिश्चरेको आयोजनामा झोराहाट नाट्य समूहले नाटक मञ्चन गरेको हो ।

नाटक विहान ११ बजे र बेलुकी ४ बजे दुई सिफ्टमा मञ्चन गरिएको थियो । उपन्यासकार प्रदिप नेपालको कृतिलाई सहज रूपमा कवि तथा रङ्गकर्मी भरत गुरागाईले नाटकलाई रुपान्तरण गरेका हुन् । निर्देशक जीवन बरालले निर्देशन गरेको नाटकमा जननेता मदन भण्डारीको राजनीतिक विषय वस्तुहरुलाई चौथो महाधिवेशनदेखि देहान्त सम्मका घटनाक्रमहरुलाई कथा वस्तुमा प्ररिणत गरिएको छ । नाटकमा भरत गुरागाई, प्रयाग न्यौपाने, दिपा पोखरेल, सुदिप जङ कार्की, डीबी बस्नेत, सौगात लुईटेल, निशा ढुङगेल, दिक्षा आचार्य, दिव्या रेग्मी, प्रज्वल काफ्ले, विमला सम्वाहम्फे, सुरज माझी, अर्जुन माझी, विद्याकान्त दाहाल, अनु श्रेष्ठलगायतको अभिनय रहेको छ । कलाकारहरुले नाटकको पत्र अनुसारको रुप, भेषभूषा र कुशल अभिनयले दर्शकको मन तान्न सफल भएका छन् । मंसिर २७ गते बाट सुरु भएको उक्त नाटक आगामी पुष २ गते सम्म मञ्चन गरिने झोराहाट नाट्य समुहका अध्यक्ष भरत गुरागाईले जानकारी दिए ।

सम्बन्धित खवर