भेटियो फेरि अर्को शव पथरीमा (तस्वीर सहित) - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

भेटियो फेरि अर्को शव पथरीमा (तस्वीर सहित)

२ महिनामा ३ शब

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेमा एक पछि अर्को रहस्यमय मृत्यु हुने क्रम बढ्दै गएको छ । पथरी बजारको वरिपरी घना जंगलमा सडेको अवस्थामा शवहरु फेला परेको छ ।

स्थानीय सुन्दर सामुदायिक वनमा असार १ गते दिनका ५ बजे तिर एक ब्यक्तिको शव कुहिएको अवस्थामा फेला परेको छ । पहिचान खुल्न नसकेको अन्दाजी ५०÷५५ बर्षक एक पुरुष शव महेन्द्र लोकमार्गबाट १ किलो मिटर पूर्वदक्षिण जंगलको बीच भागमा फेला परेको हो । गत रात हावा हुन्डरी चलेका कारण जंगलमा सुकेका रुखका हागा टिप्न जाने एक स्थानीयले शव कुहिएर गनाएको अवस्थामा देखेपछि होहल्ला गरि प्रहरीलाई खवर गरेका थिए । शव भएको ठाउँमा चप्पल र राम नामी गाम्चा भेटिएको छ । शरिरबाट पेन्ट खोलेको र पुरै शरिर कुहिएर कालो भएको छ भने अनुहारमा गहिरो चोट लागे जस्तो देखिएको छ । घटना कसैले घटाएको हो या आफै घटेको भन्ने पुष्टी हुन सकेको छैन । तर घटनाको प्रकृति हेर्दा कैसैले घटाएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । शवको पहिचानको लागि खोजी हुदै गरेको प्रहरीले बताएको छ । शव पोष्टमाट्मका लागि अस्पताल लगिएको छ ।

बैशाख ३० गते स्थानीय पशुपति सामुदायिक वन भित्र पनि फेला परेको थियो । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४५ वर्षिय कमलबहादुर धिमालको शव सडेको अवस्थामा भेटिएको थियो । पूर्व पश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको शव छोरा राजेश धिमालले आफ्नो बाबुको रहेको बताएका थिए । सो शब फेला परेको ५ दिन पछि सुन्दर समुदायिक बनमै अर्का एक ब्यक्तिको शव फेला परेको थियो । पथरी शनिश्चरे ८ निवासी विमल परियारको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको थियो ।

पथरी शनिश्चरेमा एक पछि अर्को रहस्यमय मृत्युका घटना घट्दै गएको छ । स्थानीय निकाय र प्रहरी प्रशासनबाट सुरक्षाको प्रत्याभूति हुने कुनै कदम नचाल्दा दिन प्रति दिन यस्ता घटना बढ्दै गएको छ । जस्ले गर्दा अपराधिक क्रियाकलापमा लागेका अपराधीलाई अपराधिक घट्ना घटाउन सुरक्षित स्थान बन्दै गएको जस्तो देखिएको छ । अघिल्लो बर्षलाई हेर्ने हो भने मात्र पनि जंगल भित्र ६ ओटा रहस्यमय घटना घटेको थियो । फागुन ३ गते पथरी बजारबाट तीन किलोमिटर पश्चिमको जंगलमा पर्ने मोरङ्गे खोलामा ५२ वर्षीया सावित्रा खतिवडाको शव फेला परेको थियो । झापा मेचीनगरको धुलाबारी घर भई काठमाडौँ बस्दै आएकी खतिवडाको शव पात टिप्न गएका स्थानीयले देखेका थिए ।

सम्बन्धित खवर