आज ‘पुनः मिलन’, ‘छुई’ र ‘चमेली’ प्रर्दशन हुने - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

आज ‘पुनः मिलन’, ‘छुई’ र ‘चमेली’ प्रर्दशन हुने

साइनो समचारदाता

चुचाचुली (इलाम) । ‘चुलाचुली पाठशाला नाटक उत्सव–२०७६’ आज (असार १ गते) पनि सामुदायिक कर्वड हल चुलाचुली ३, इलाममा जारी छ । दिउसो २ बजे जनता माध्यमिक विद्यालय, इलामको ‘पुनः मिलन’, झापाको परिवर्तन थिएटरको ‘छुई’, श्रीअंन्तु एकेडेमी, इलामको ‘चमेली’ नाटक मञ्चन हुदैछ ।

२ लाख ५० हजार बढी खर्च हुने उक्त नाटक उत्सवमा झापा कदम थिएटर, मानव कम्प्युटर इन्स्टिच्युट, चुलाचुलीको सह कार्यमा आयोजना रहेका नाटक उत्सबलाई चुलाचुली गाउँपालिका र गाउँपालिकाको ६ वटा वडा कार्यालयहरूको समेत समन्वयमा कार्यक्रम भइरहेको कार्यक्रम संयोजक शरणहाङ जबेगूले बताएका छन् । हिजो सामुदायिक कर्वड हल चुलाचुली ३, इलाममा झापा धरमपुरको सिकिया पुस्तकालयको नाटक ‘मंगली’, श्री अमृत मेमोरियल बोर्डिङ, इलामको ‘लौरी’, श्री चुलाचुली बोर्डिङ स्कुल, इलामको ‘दुई केटी’ मञ्चन हो ।

सम्बन्धित खवर