साइनो समचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम सुरु भएको छ ।
लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको उद्घाटन् नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले गर्नुभयो । १० वटा वडामा गठित मेलमिलाप केन्द्रका ३० जना बढीको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता रुकमिणा दहालले गरेका थिए ।